Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

आयोगका २१ जना कर्मचारी भारतको गुजरातमा फरेन्सिक साइन्स सम्बन्धी तालिममा सहभागी


अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रविधिक उपसचिव (सि.डि.ई) रमेश कुमार मण्डलको नेतृत्वमा २१ जना कर्मचारी मिति २०७६ मंसिर ३० देखि पुस ५ गते (तदनुसार २०१९ डिसेम्वर १६ देखि २१) सम्म भारतको गुजरातस्थित गुजरात फरेन्सिक साइन्स युनिभर्सिटीमा "Prevention of Fraud Bribery and Corruption" मुख्य शिर्षक रहेको तालिममा सहभागी भएका छन्। भारत सरकारको आर्थिक तथा प्रविधिक सहयोग अन्तरगत सञ्चालित उक्त तालिम कार्यक्रममा प्रशिक्षार्थीहरुले भारत सरकार र गुजरात सरकारको उच्च तहका सरकारी अधिकारीहरु, गुजरात फरेन्सिक साइन्स युनिभर्सिटीका प्राध्यापकहरु तथा अन्य फरेन्सिक साइन्सका विज्ञहरुबाट ६ दिनसम्म तालिम लिएका थिए। तालिमले मुख्यत: कसरी न्याय प्रणाली तथा अदालती प्रक्रियामा विज्ञानको प्रयोग बढाई न्याय प्रणालीको विश्वसनीयतालाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिइएको थियो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले भारत सरकारले अनुसन्धान कार्यमा के-कसरी फरेन्सिक साइन्सको प्रयोग गरी सफलता प्राप्त गरिरहेको छ भन्ने बारेमा महत्वपूर्ण जानकारी हासिल गरी अनुभव आदन प्रदान गरेका थिए ।

 


  

Other Events

आयोगका २१ जना कर्मचारी भारतको गुजरातमा फरेन्सिक साइन्स सम्बन्धी तालिममा सहभागी
2020/01/28
आयोगका २१ जना कर्मचारीहरु थाइल्याण्डको बैङ्कक स्थित भ्रष्टाचार सम्बन्धी तालिममा सहभागी
2020/01/28
सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न
2020/01/22
आयोगका २१ जना कर्मचारी भारतको गुजरातमा फरेन्सिक साइन्स सम्बन्धी तालिममा सहभागी
2019/12/23
माननीय आयुक्त डा. सावित्री थापा गुरुङ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धिको पक्ष राष्ट्रहरुको २०१९ डिसेम्वर १६- २० सम्मेलनको आठौं सेशनमा सहभागी
2019/12/22
नवलपरासीको कावासोतीमा कावासोती नगरपालिका, आयोग र प्रदेश नं ५ को समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न
2019/12/04
बुटवल उपमहानगरपालिकामा आयोग र प्रदेश नं ५ को समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न
2019/12/03
माननीय आयुक्त डा. गणेशराज जोशी भ्रष्टाचार विरुद्ध एशिया प्याशिफिक क्षेत्रको दशौं सम्मेलनमा सहभागी
2019/12/03
सर्लाहीमा भष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न
2019/11/27
आयोगको संस्थागत रणनीति सम्बन्धी नेपाल सरकारका उच्च प्रशासनिक नेतृत्व सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न
2019/11/20