अन्तर्किया कार्यक्रम सम्पन्न

१. जिल्लास्तरीय कार्यक्रम, रामेछाप
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम बमोजिम “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट मिति २०७९/०९/१२ गते मन्थली नगरपालिका, रामेछापको सभाहलमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले गर्नु भएको थियो।
जिल्ला समन्वय समिति, रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रामेछाप जिल्लास्थित नगरपालिकाका प्रमुख एवम् उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्षहरु,  प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी निकायका प्रमुखहरु, क्याम्पस प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटीका प्रमुख एवम् प्रतिनिधिहरु, सञ्‍चारकर्मी, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
 
२. जिल्लास्तरीय कार्यक्रम, सर्लाही
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोगको कार्यालय, बर्दिबासद्वारा मिति २०७९/०९/१३ गते होटल कुशुम प्यालेस, मलंगवा, सर्लाहीको सभाहलमा सम्पन्न भयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा सर्लाही जिल्लास्थित नगरपालिकाका प्रमुख एवम् उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्षहरु, जिल्लास्थित सरकारी निकायका प्रमुखहरु, क्याम्पस प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटीका प्रमुख एवम् प्रतिनिधिहरु, सञ्‍चारकर्मी, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर सिंह उक्त कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
 
३. नगरपालिकास्तरीय अन्तर्क्रिया कार्यक्रम, महोत्तरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले मिति २०७९/०९/०७ गते गौशाला नगरपालिका, महोत्तरीको सभाहलमा नगरपालिकास्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आयोगका कार्यालय, बर्दिबासका प्रमुख गोपाल कुमार अधिकारीको अध्यक्षता एवम् गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महत्तोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अन्तर्क्रिया कार्यक्रममा गौशाला नगरपालिकाका उपप्रमुख तथा वडाध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरपालिका क्षेत्रभित्रका सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सदस्यहरु, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्‍चारकर्मी र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
 
४. विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, रामेछाप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले मिति २०७९/०९/११ गते रामेछाप जिल्लाको मन्थली नगरपालिकास्थित  श्री मन्थली माध्यमिक विद्यालयमा विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आयोगको कार्यालय, बर्दिबासका उपसचिव कृष्ण प्रसाद हुमागाईको अध्यक्षता एवम् मन्थली माध्यमिक विद्यालय, रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिं धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. भरत कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा कर्मचारी, अभिभावक संघका सदस्य तथा कक्षा  ११  र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।
 
 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16