“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न

अन्तर्किया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आ.व.२०७९/८० को “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय वार्षिक कार्यक्रम मिति २०७९/०९/१७ गते सुनगाभा होटल, मैनापोखर बर्दियामा उक्त कार्यालयका प्रमुख विजयराज पौडेलको अध्यक्षता र बढैयाताल गाउँपालिका, मैनापोखरका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा कार्यालय प्रमुख बिजयराज पौडेल र शाखा अधिकृत श्रीधर टण्डनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले कार्यक्रम आयोजना गरिदिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय तहमा नयाँ जनप्रतिनिधी निर्वाचित भई कार्य गरिरहेको प्रथम बर्षमा आयोजना गरिएको अन्तर्क्रिया प्रभावकारी भएको र जनप्रतिनिधी, कर्मचारी एवं सरोकारवाला सबैको सहयोगमा पालिकालाई भ्रष्टाचारमा शून्य बनाउन सकिने बिचार ब्यक्त गर्नु भयो। कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं कार्यालय प्रमुख बिजयराज पौडेलले आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गईरहेकोले प्रचलित कानूनको पूर्ण परिपालना गरी जनप्रतिनिधी एवं कर्मचारीहरुले आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गर्न सुझाव दिदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो।

उपरोक्त कार्यक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, उक्त पालिकाका कार्यपालिका सदस्यहरु, गाउँपालिकाका शाखा प्रमुखहरु, उ.मा.वि./मा.वि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीयस्तरका संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख/प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उपस्थिती रहेको थियो।

आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जले “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्क्रिया वार्षिक कार्यक्रम मिति २०७९/०९/१८ गते बाँके जिल्ला, राप्ती सोनारी गाउँपालिकाको सभाहलमा उक्त कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनको अध्यक्षता र राप्ती सोनारी गाउँपालिका, अगैया बाँकेका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुका सम्बन्धमा कार्यालयका शा.अ. श्रीधर टण्डन र झलक के.सी.ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा राप्ती सोनारी गाउँपालिका अध्यक्ष श्री तप्त बहादुर पौडेलले कार्यक्रम आयोजना गरी दिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै गाउँपालिकालाई भ्रष्टाचार मुक्त गरी सुशासन कायम गर्ने आफ्नो प्रतिवद्धता रहेको र यसमा सबै सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको भनाई राख्नु भएको थियो। कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष एवम् सम्पर्क कार्यालय नेपालगंजका शाखा अधिकृत श्रीधर टण्डनले कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै स्थानीय सरकार जनताको नजिकको सरकार रहेकोले यसका हरेक गतिविधिहरुमा पारदर्शीता हुनुपर्ने र सबैले आफ्नो ठाँउबाट आफ्नो पदिय कर्तव्य र दायित्व कानून बमोजिम इमानदारितापूर्वक प्रयोग र पालना गर्नु पर्नेमा जोड दिदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो।

उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, उक्त पालिकाका कार्यपालिका सदस्यहरु, गाउँपालिकाका शाखा प्रमुखहरु, उ.मा.वि./मा.वि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीयस्तरका संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख/प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उपस्थिती रहेको थियो।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16