"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासद्वारा बिभिन्न मितिमा "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न

गौशाला नगरपालिका, महोत्तरीमा मिति २०७९।०९।०७ गत्ते, 109 जनाको उपस्थितिमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।कार्यक्रममका प्रमुख अतिथि, गौशाला नगरपालिकाका नगर प्रमुख डा. श्री दीपेन्द्र महतोले कार्यक्रम आयोजना गरेकोमा आयोगको कार्यालयलाई धन्यवाद दिदै जनप्रतिनिधिहरु पारदर्शी रुपमा काम गर्न तयार रहेको बताउनु भयो।

औरही गाँउपालिका, सिरहामा मिति २०७९।१०।११ गत्ते ८५ जनाको उपस्थितीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, औरहि गाँउपालिकाका अध्यक्ष शिवजी यादवले आयोगले यस्ता सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यहरु पालिकास्तरमा गर्दै जानुपर्ने धारणा राख्नुभयो।

धनगढीमाई नगरपालिका, सिरहामा मिति २०७९।१०।१३ गत्ते १४२ जनाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले आयोगको कार्यालयले गरेको कार्यक्रम फलदायी भएको बताउनु हुँदै यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताउनु भयो। नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने धारणा राख्नुभयो।

सबैला नगरपालिका, धनुषामा मिति २०७९।१०।१६ गत्ते ९४ जनाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, सबैला नगरपालिकाका नगर प्रमुख कारी राम यादवले आयोगको कार्यालयलाई अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो।

कल्याणपुर नगरपालिका, सिरहामा मिति २०७९।१०।१७ गत्ते ८९ जनाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साहले स्थानीय तहमा व्यक्तिगत रिसईबी, राजनैतिक कारण र दुश्मनी साध्ने नियतले अख्तियारमा बढी उजुरी पर्ने गरेको कुरा बताउनुभयो।आयोगले स्थानीय तहमा मात्र कार्यक्रम गर्नाले स्थानीय तहबाट हुने कामकारवाहीमा धेरै सुधार आउने कुरा राख्नु भयो।

विदेह नगरपालिका, धनुषामा मिति २०७९।१०।१८ गत्ते ९५ जनाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, विदेह नगरपालिकाकानगर प्रमुख वेचन दासले विकासका योजनाहरुको संचालन ठेक्कापट्टा मार्फत भन्दा उपभोक्ता समितिमार्फत हुदाँ उक्त काम राम्रो र गुणस्तरीय हुने धारणा व्यक्त गर्नुभयो।साथै, कार्यक्रम आयोजना गरेकोमा आयोगको कार्यालयलाई धन्यवाद दिनु भयो।

बर्दिवास नगरपालिका, महोत्तरीमा मिति २०७९।१०।२० गते १५३ जनाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि, बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले अख्तियारले उजुरी परे पछिमात्र छानविन गर्ने गरेकोमा उजुरी पर्नै नदिने गरी proactive भएर काम गर्नु पर्ने बताउनु भयो।

आयोगको कार्यालय, बर्दिवासका कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले सचेत नागरिकहरुले विकास निर्माणमा चासो राख्ने र निगरानी गर्नुले अनियमितता कम हुने, अनियमितत भएमा शुरुमा सम्बन्धित निकायलाई खबरदारी गर्ने र नटेरेमा अख्तियारमा उजुरी गर्ने भन्नुभयो।स्थानीय तहमा हुने विकास निर्माण तथा योजनाका कामहरु गर्दा कानुनको परिपालना भएको हुनुपर्ने र कानुन बमोजिम भएका कामहरुमा उजुरी परेपनि काम रोकेर बस्नु नपर्ने कुरा बताउनुभयो।आयोगको कार्यालय बर्दिवासको कार्यालयका उपसचिव हरिकृष्ण के.सी. ले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताउनुभयो।आयोगको कार्यालय बर्दिवासको उपसचिव कृष्णप्रसाद हुमागाईले कानुनले दिएको अधिकार, कर्तब्य, कार्यविवरण बमोजिम सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने धारणा राख्नुभयो।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16