इलाम र सुनसरीमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको आयोजनामा इलाम र सुनसरी जिल्लामा क्रमश: मिति २०७६।११।१८ र मिति २०७६।११।१९ गते भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ । इलाममा जिल्ला समन्वय समिति, इलामको सभाहलमा आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समितिका इलामका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यतामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सञ्‍चालन गरिएको थियो भने सुनसरीमा इटहरी उपमहानगरपालिका स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहराको सभाहलमा माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूको प्रमुख आतिथ्यता तथा आयोगको कार्यालय, इटहरीका प्रमुख चक्र बहादुर बुढाज्यूको अध्यक्षतामा सामुदायिक वन सँग सम्बन्धित विषयमा केन्द्रित भई छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्‍चालन भएको थियो । इलाम जिल्लाको अन्तरक्रिया कार्यक्रममा आयोगको कार्यालय,  इटहरीका प्रमुख चक्र बहादुर बुढा, जिल्ला स्थित सवै नगरपालिकाका नगर प्रमुखहरु, जिल्ला समन्वय समितिका उपप्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, इलामका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरु, लेखाप्रमुखहरु, प्राविधिक कर्मचारीहरु, स्थानीय सञ्‍चारकर्मीहरु, भ्रष्‍टाचार विरुद्धका अभियान्ताहरु, नागरिक समाजका प्रतिनिधिहरु समेत गरी १३९ जना तथा सुनसरी जिल्लामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय सुनसरीका प्रमुख, सुनसरी जिल्लास्थित सम्पूर्ण सव डिभिजन वन कार्यालयका प्रमुखहरु, जिल्लास्थित सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, सचिव र कोषाध्यक्ष र स्थानीय सञ्‍चारकर्मी समेत  १२३ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रमहरुमा आयोगको कार्यालय, इटहरीको तर्फबाट इलाम र सुनसरी जिल्लामा क्रमश: शाखा अधिकृत गिरीराज भट्टराई र उपसचिव ज्ञानेन्द्रप्रसाद ढकालले छलफल तथा अन्तरक्रिया कार्यक्रम सँग सम्बन्धित छुट्टाछुट्टै विषयवस्तु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुवै जिल्लाको कार्यक्रममा कार्यपत्र प्रस्तुती पश्‍चात सहभागीहरुलाई छलफल तथा जिज्ञासाको लागि समय व्यवस्थापन गरिएकोमा सहभागीहरुले सक्रियताकासाथ भ्रष्‍टाचार नियन्त्रण तथा अख्तियारको कामकारवाही समेतको बारेमा आ-आफ्नो धारणा र जिज्ञासा राख्दै आयोगलाई सुझाव समेत दिएका थिए । दुवै जिल्लाको कार्यक्रममा प्रमुख अतिथी तथा तत् तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका उठेका विभिन्‍न जिज्ञासाहरुलाई आयोगको कार्यालय, इटहरीका प्रमुख चक्र बहादुर बुढाले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको महत्वपूर्ण क्षणमा माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले सहभागीबाट उठेका नीतिगत जिज्ञाशाहरुको संवोधन गर्दै आयोगले आफ्नो भूमिका कम भन्दा कम होस भन्‍ने चाहना राखेको भएपनि आयोगले हालका दिनहरुमा अझै आफ्नो भूमिका विस्तार गर्नु परिरहेको कुरा बताउनु हुँदै भ्रष्‍टाचार जन्य कार्यको छानविन, तहकिकात तथा अभियोजनमा आयोग कठोरतापूर्वक लागिरहेको जनाकारी गराउनुभयो । भ्रष्‍टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुंदा सवैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न र प्रचलित ऐन, नियम, कानुन, नियमावली तथा कार्यविधिहरुको पालना गर्न सम्बन्धित सवैमा आग्रह गर्नुभयो । साथै उहाँले पछिल्लो समयमा संघीयताको कार्यान्वयन सँगै स्थानीय तह सँग सम्बन्धित उजुरीको संख्या वृद्धि हुँदै गइरहेको तथ्य प्रस्तुत गर्दै भ्रष्‍टाचार नियन्त्रणको लागि कार्यालय प्रमुखहरु बढी जिम्मेवार हुनुपर्ने कुरा स्पष्‍ट पार्नुभयो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16