Online
Complaint

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज)बाट मिति २०७९/०६/०६ गते उक्त कार्यालयका प्रमुख विजयराज पौडेलको अध्यक्षतामा “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम नरैनपुर गाउँपालिका सम्पन्न भयो। उक्त कार्यक्रममा नरैनपुर गाउँपालिका बाँकेका अध्यक्ष श्री इश्तियाक अहमद शाह, गाउपालिका उपाध्यक्ष श्री जयन्तीदेवि श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत श्री मणिराम खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाँकेका अध्यक्ष श्री दामोदर भण्डारी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका शाखा प्रमुखहरु, उ.मा.वि./मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीयस्तरका संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख/प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

आयोगको कार्यालयबाट भ्रष्टाचार, यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसंग सम्बन्धित आयोगमा पर्ने उजुरीका विषय एवं स्थानीय तहलाई आयोगका सुझाबहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत भएको भयो।अन्तरक्रिया पश्चात नरैनपुर गाउँपालिका-३ का वडा अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका उपाध्यक्ष समेतले मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कार्यक्रमको आयोजना गरिदिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम ज्यादै प्रभावकारी भएको र पालिकाका सवै जनप्रतिनिधि एवं कर्मचारीहरुले आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमान्दारिता एवं कुशलतापुर्वक पुरा गरेमा मात्र सुशासन र विकासयुक्त गाउँपालिका निर्माण हुने विचार व्यक्त गर्नुभयो। कार्यक्रमका अध्यक्ष एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख बिजयराज पौडेलले कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै आयोगमा स्थानीय तहका उजुरीहरुको संख्या बढ्दै गइरहेकोले स्थानीय तहमा जनप्रतिनिधि एवं कर्मचारीले कार्य गर्दा प्रचलित कानूनको पूर्ण पालना गरी पदीय अधिकार, शक्ति एवं सार्वजनिक कोषको दुरुपयोग नहुने गरी गर्न गराउन सुझाव दिदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो। शाखा अधिकृत श्री झलक के.सी. बाट संचालन भएको उक्त कार्यक्रममा ७८ जनाको उपस्थिति रहेको थियो।


  

Other Events

"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,बुटवल (सम्पर्क कार्यालय,नेपालगञ्ज)बाट बाँके जिल्लामा एक दिवसीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
2022/09/12