अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आ.व.२०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम मिति २०७९/०७/१७ गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका -१, बगदी स्थित, श्री पूर्ण केशर माध्यमिक विद्यालयमा आयोगको कार्यालय, बुटवलका उपसचिव ठाकुर प्रसाद आचार्यको अध्यक्षता र शुद्धोधन गाउँपालिकाका शिक्षा शाखाका प्रमुख धनी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। पूर्ण केशर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका कार्य बाहक अध्यक्ष, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक र कक्षा १० मा अध्ययनरत विद्यार्थी समेत १०६ जनाको उपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
Tweet