अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको आयोजनामा मिति २०७९/०८/२३ गते निमित्त प्रदेश प्रमुख किशोर कुमार चौधरीको प्रमुख आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो। यस अन्तरक्रिया कार्यक्रममा आयोगका कार्यालय प्रमुख तीर्थराज चिलुवालको अध्यक्षतामा भ्रष्टाचार नियन्त्रणका विविध उपायहरु बारे छलफल भएको थियो । उक्त कार्यक्रममा प्रदेश मन्त्रालयका सचिवहरु, मोरङ्ग र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, मोरङ्ग र सुनसरीका नागरिक निगरानी संस्थाहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरु, सञ्चारकर्मी र आयोगको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो। साथै, आयोगको कार्यालय परिसर सरसफाई गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा मिति २०७९/०८/२३ गते मधेश प्रदेश सरकारका प्रमुख सचिव कृष्णवहादुर राउतको प्रमुख आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्वर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा आयोगको कार्यालयका प्रमुख गोपाल कुमार अधिकारीको अध्यक्षतामा भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभ्यास र भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाहरुको भूमिकाका बारेमा बृहत छलफल भएको थियो। कार्यक्रममा जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख, प्रदेश मन्त्रालयका सचिवहरु, स्थानीय तहका प्रमुखहरु/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मी र आयोग कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै, उक्त दिवसमा आयोगको कार्यालय परिसर सरसफाई सम्पन्न गरियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाको आयोजनामा मिति २०७९/०८/२३ गते आयोगका कार्यालय प्रमुख नरहरि घिमिरेको अध्यक्षतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम भएको थियो। यस कार्यक्रममा आयोगको कार्य प्रणाली एवम् गतिविधि र भ्रष्टाचार न्यूनिकरण तथा सुशासन प्रवर्द्धनको सम्बन्धमा बृहत छलफल र अन्तर्क्रिया भयो। कार्यक्रममा वागमती प्रदेशका सचिवहरु, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता, प्रदेश स्थित निर्देशनालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय समचार समितिका प्रतिनिधि तथा सञ्चारकर्मीहरु, सिटिजन जुरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। आयोगको कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर सरसफाई समेत गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा मिति २०७९/०८/२३ गते पोखरा विश्वविद्यालयका उपकुलपति नारायण अर्यालको प्रमुख  आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा आयोगका कार्यालय प्रमुख पार्वती शर्माको अध्यक्षतामा र सुशासनका लागि नागरिक समाज (सुनास), कास्कीको सहकार्यमा “सुशासन प्रवर्द्धनमा प्राज्ञिक क्षेत्रको भूमिका” सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था र नेपालको विद्यमान अवस्था, भ्रष्टाचारको असर र प्रभाव, उजुरीको प्रवृती र सोको विश्लेषण, भ्रष्टाचार न्यूनिकरणका उपायहरु लगायतका विषयमा बृहत छलफल भयो।यस कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार, गण्डकी विश्वविद्यालयका रजिष्ट्रार, गण्डकी प्रदेशका सचिव, पोखरा विश्वविद्यालयका डिन, विभिन्न क्यम्पसका क्याम्पस प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र आयोगको कार्यालय पोखराका कर्मचारीहरुको उपस्थिति रहेको थियो। साथै, आयोगका कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर पनि सरसफाई गरियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा मिति २०७९/०८/२३ गते आयोगका कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्वर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो। भ्रष्टाचार नियन्त्रण सम्बन्धी नीति, विधि र अभ्यास एवम् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिका प्रावधानहरुको बारेमा बृहत छलफल सम्पन्न भयो। उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो, लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न प्रादेशिक निकायका प्रमुखहरु, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न निकायका प्रमुखहरु, जिल्ला स्थित भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका पदाधिकारीहरु तथा आयोगको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त दिवसमा कार्यालयका कार्मचारीहरुको उपस्थितिमा कार्यालय परिसर सरसफाई गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा मिति २०७९/०८/२३ गते कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपिकृष्ण खनालको प्रमुख आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेतको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा आयोगका कार्यालय प्रमुख शिवनाथ पौडेलको अध्यक्षतामा भ्रष्टाचार विरुद्ध जागरण, सरोकारवालाहरुको प्रतिवद्धता र भ्रष्टाचार नियन्त्रणमा प्राप्त उपलब्धिहरुका बारेमा छलफल भयो। कार्यक्रममा प्रदेश मन्त्रालयका सचिवहरु, नगरपालिका प्रशासकीय प्रमुखहरु, प्रदेशस्तरीय निर्देशनालय तथा कार्यालयका प्रमुखहरु, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु,  सामुदायिक विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापकहरु, क्याम्पस प्रमुखहरु, गैर सरकारी संघ संस्था, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा काम गर्ने संघ संस्था र संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। उक्त दिवसका अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर सरसफाई गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबलको सम्पर्क कार्यालय, नेपालगञ्जको आयोजनामा मिति २०७९/०८/२३ गते बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलको प्रमुख आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम भएको छ। आयोगका कार्यालय प्रमुख विजयराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगको प्रवर्द्धनात्मक कार्यक्रम, सूचना आदान प्रदान, समन्वय तथा साझेदारी र अनुसन्धान तहकिकातको पद्धतिबारे छलफल भयो। सो कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरु, पत्रकार महासंघ, उद्योग वाणिज्य संघका प्रमुख/प्रतिनिधिहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो। साथै, आयोगका कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर सरसफाई गरियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको आयोजनामा मिति २०७९/०८/२३ गते सुदुरपश्चिम प्रदेशका माननीय प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम भएको छ। यस अवसरमा आयोगका कार्यालय प्रमुख राम बहादुर कुरुम्वाङको अध्यक्षतामा भ्रष्टाचार सम्बन्धी अन्तक्रिया एवम् बृहत छलफल कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ,जिल्लाका कार्यालय प्रमुखहरु तथा प्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो। साथै, आयोग कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालय परिसरको सरसफाई गरिएको थियो।

 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16