माननीय आयुक्त डा. सावित्री थापा गुरुङ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धिको पक्ष राष्ट्रहरुको २०१९ डिसेम्वर १६- २० सम्मेलनको आठौं सेशनमा सहभागी


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङ, आयोगमा कार्यरत सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजाल र शाखा अधिकृत गोविन्द प्रसाद घिमिरे तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डिल्लीराज घिमिरे तथा सहसचिव पाराश्वर ढुङ्गाना मिति २०७६ मंसिर ३० देखि पुस ४ गते (तदनुसार २०१९ डिसेम्वर १६ देखि २०) सम्म UAE को अबुधावी स्थित राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन भएको भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धिको पक्ष राष्ट्रहरुको सम्मेलनको आठौं सेशनमा नेपालको तर्फबाट सहभागी हुनुभएको थियो । सम्मेलनमा मुख्यत: भ्रष्टाचार विरुद्धको महासन्धिको प्रावधानहरुको कार्यन्वयनको अवस्था, सम्पत्ति पुर्नप्राप्ति, भ्रष्टाचार विरुद्धका अन्तराष्ट्रिय समन्वय, नियन्त्रण तथा आवश्यक प्राविधिक सहयोग जस्ता विषयमा छलफल केद्रित रहेको थियो । भ्रष्टाचार विरुद्धको  महासन्धिको पक्ष राष्ट्रहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त समारोहलाई नेपालको तर्फबाट मा. आयुक्त डा. सावित्री थापा गुरुङले सम्बोधन गर्नुभएको थियो ।

उक्त सम्मेलनमा बोल्दै आयुक्त गुरुङले भ्रष्टाचार विश्वमा समृद्धि, सुरक्षा र न्यायको लागि सबैभन्दा ठूलो बाधक रहेको बताउँदै दिगो विकास लक्ष्य हासिलमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । आफ्नो सम्बोधनकै क्रममा उहाँले UNCAC का प्रावधानहरुलाई लागू गर्न नेपालमा कानुनी तथा संरचनागत सुधार भैरहेको तथा नेपाल भ्रष्टाचार नियन्त्रणको आफ्नो अन्तराष्ट्रिय दायित्व पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो । सम्बोधनकै क्रममा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमा एम्बुड्सम्यान, अनुसन्धानकर्ता तथा अभियोजनकर्ताको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालले हालका दिनमा सुशासन प्रवर्दन र भ्रष्टाचार नियन्त्रणको कार्यमा सकरात्मक अभ्यास गरिरहेको बताउनुहुँदै उहाँले सञ्चार माध्यामहरुको तथा नागरिक निगरानी समूहको भूमिका यस कार्यमा महत्वपूर्ण रहने गरेको उल्लेख गर्नुभयो ।
    

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16