बुटवल उपमहानगरपालिकामा आयोग र प्रदेश नं ५ को समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं ५ को समन्वयमा भ्रष्‍टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम यही मिति २०७६साल मंसिर १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूको अध्यक्षता एवं प्रदेश नं ५ का माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यूको प्रमुख आतिथ्यमा बुटवल उपमहानगरपालिकामा सम्पन्‍न भयो ।

यस कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोगअनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले मुलुकमा भ्रष्‍टाचार संस्थागत हुदै जानु गम्भिर विषय भएको बताउनुहुदै गलत गर्ने प्रति निर्मम प्रहार नगरेसम्म स्थिति नसुध्रिने धारणा व्यक्त गर्नुभयो । उहाँले “भ्रष्टाचार राज्यको प्रणाली, उपप्रणालीको रुपमा विकसित हुँदै गएको छ, जुन गलत हो” भन्‍नु हुदै पछिल्लो समय भ्रष्‍टाचारको घटना बढेको भन्दा पनि अख्तियारले कारवाहीलाई तीव्रता दिएका कारण घटनाहरु बाहिर आउनेक्रम बढेको कुरा व्यक्त गर्नुभयो । माननीय प्रमुख आयुक्तज्यूबाट देशमा निर्वाचन प्रणाली निकै खर्चिलो भएका कारण भ्रष्‍टाचार बढ्दै गएको तथा सार्वजनिक निकाय र सरकारी कार्यालयको कार्य सम्पादन प्रति जनता सन्तुष्‍ट हुन नसकेको टिप्पणी गर्नुहुदै सेवाग्राहीलाई सुशासनको अनुभुति हुने गरी नीति र विधि अनुसार सार्वजनिक निकायले कार्य सम्पादन गर्नुपर्ने कुरा व्यक्‍त गर्नुभयो।

यसैगरी उक्त कार्यक्रममा बोल्दै प्रदेश नं ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यूले कमी कमजोरी गर्ने जो कोहीले पनि उन्मुक्ति नपाउने तथा राम्रो काम गर्नेले हतोत्साही हुनु नपर्ने अवस्था रहेको बताउनु हुदै निर्माणाधीन विकास निर्माणको काममा काम गर्ने पक्षसँग चित्त नबुझ्ने पक्षले उजुरी हाल्ने परिपाटी रहेको हुँदा विकास निर्माणलाईअसर नपर्ने गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउनुपर्ने कुरा वताउनु भयो । त्यसै गरी माननीय मुख्यमन्त्रीज्यूले धनलाई नै बढी महत्व दिने सामाजिक परिपाटीको अन्त्य भएमा भ्रष्‍टाचार पनि अन्त्य हुने टिप्पणी गर्दै राम्रो कामको प्रशंसा गर्न कोही चुक्न नहुने र उजुरी परेकै कारण अथवा उजुरीको संख्या बढेकै कारण भ्रष्‍टाचार नै भयो भनेर व्याख्या गर्नु भन्दा कति कारवाहीमा परे भन्‍ने कुरा मुख्य रहेको बताउनु भयो । अख्तियारको नेतृत्वप्रति विश्‍वास बढेको चर्चा गर्नुहुदै माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यूले सुशासन प्रवर्द्धन र भ्रष्‍टाचार नियन्त्रणमा अख्तियारको प्रभावकारी भूमिकाको निरन्तरता हुनुपर्ने एवं प्रदेश सरकारको नेतृत्व तहबाट यस कार्यका लागि सवै प्रकारका सहयोग र समन्वय रहने कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री महेश्‍वर न्यौपानेज्यूले यस किसिमको अन्तरक्रिया कार्यक्रमले प्रदेश सरकार र स्थानीय तहमा समेत भ्रष्‍टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सचेतना अभिवृद्धि हुनेछ भन्‍ने उद्देश्यका साथ कार्यक्रमको आयोजन गरिएको बताउनुहुँदै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।

प्रदेश नं ५ का प्रमुख सचिव श्री तोयनारायण ज्ञवालीज्यूले अन्तरक्रिया एवं छलफलको मोडरेशन गर्नुभएको थियो भने आयोगको तर्फबाट आयोगका सहसचिव श्री कालीप्रसाद पराजुलीज्यूले र प्रदेश सरकार, प्रदेश नं ५ को तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री टेक नारायण पाण्डेले प्रस्तुति राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ५ का सभामुख माननीय पूर्णबहादुर घर्तीज्यू, प्रदेशनं ५ का मा मन्त्रीज्यूहरु, प्रदेश सभाका प्रमुख सचेतकज्यू, विषयगत समितिका सभापतिहरु, प्रदेश सभा सदस्यज्यूहरु, प्रदेश नं ५ स्थित विभिन्‍न उपमहानगरपालिका र नगरपालिकाका प्रमुखज्यूहरु, प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ताज्यू, प्रदेश लोकसेवा आयोगका अध्यक्षज्यू, प्रदेश योजनाआयोगका अध्यक्षज्यू, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, प्रदेशसरकारका सचिवज्यूहरु, प्रदेश निर्देशनालयका निर्देशकज्यूहरु, प्रदेश नं ५स्थित सवै सडक डिभिजन प्रमुखज्यूहरु, पूर्वाधार विकास कार्यालयका प्रमुखज्यूहरु, डिभिजन वन कार्यालयका प्रमुखज्यूहरु, सिंचाई विकास डिभिजन प्रमुखज्यूहरु, खानेपानी तथा सरसफाई डिभिजन प्रमुखज्यूहरु, शहरी विकास तथा भवन डिभिजन प्रमुखज्यूहरु, विभिन्‍न जिल्लाका यातायात व्यवस्था कार्यालयका प्रमुखज्यूहरु, मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखज्यूहरु, रुपन्देही जिल्लाका सिटिजन ज्युरीका अध्यक्ष लगायत अन्य पदाधिकारीज्यूहरु एवं सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्‍चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबलका कार्यालय प्रमुख श्री तारानाथ अधिकारीज्यूले गर्नुभएको थियो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16