सर्लाहीमा भष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


मिति २०७६।०८।११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समिति, सर्लाहीको सभाहलमा सम्पन्‍न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाज्यूको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालन भएको उक्त कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जी सी, विभिन्‍न स्थानीय तहका वडा अध्यक्षहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत अन्य सरोकारवालाहरु सहित गरी २१० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्द्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगको कार्यालय, बर्दिवासका उपसचिव हरि प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने आयोगको कार्यालय बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाज्यूले भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सम्पूर्ण सरोकारवालाहरुको सक्रियता, इमान्दारीता र प्रतिवद्धता आवश्यक रहने निष्कर्ष सहितको भष्‍टाचार नियन्त्रणमा आयोगको गतिविधिहरु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद जि सी ले सम्पूर्ण राष्‍ट्रसेवक कर्मचारीहरुको तर्फबाट भ्रष्‍टाचार नियन्त्रणको अभियानमा ऐक्‍यबद्दता जनाउनुभयो । मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्‍यबद्दता जनाउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले यस्ता प्रवर्द्धानात्मक कार्यक्रमले स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण हुने बताउनुभयो । अन्तमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटा मन्तव्य राख्दै आयोगको कार्यक्षेत्र भित्रका भ्रष्‍टाचारजन्य तथा अनियमितताका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने र त्यसबाट कसैले उन्मुक्ती नपाउने बताउनुभयो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16