डोल्पा जिल्लामा सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्‍न

१)    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा डोल्पा जिल्लामा मिति २०७६/०८/०१ गते सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्वन्धि विद्यालयस्तरीय अनुशिक्षण कार्यक्रम सम्पन्‍न भयो। उक्त कार्यक्रम आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री शेषनारायण पौडेलको अध्यक्षता तथा सरस्वती मा.वि.का वि.व्य.स.का अध्यक्ष श्री मन बुढाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ. श्री सत्य नारायण सिंह, शिक्षक तथा विद्यार्थीहरु समेत गरी ८७ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा भ्रष्‍टाचारको परिचय, क्षेत्र, असर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानूनी व्यवस्था, काम कर्तव्य तथा भ्रष्‍टाचार नियन्त्रणमा विद्यार्थी/युवाहरुको भूमिका लगायतका बिषयहरुमा प्र.ना.उ. शिव कुमार श्रेष्‍ठले प्रस्तुतिकरण गर्नु भएको थियो । विद्यार्थीहरुले आफुहरुले सिकेका भ्रष्‍टाचार नियन्त्रण सम्बन्धी ज्ञानलाई परिवार तथा समाजसम्म पुर्‍याउने, भ्रष्‍टाचार गरेको थाहा पाएमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  
सोही दिन डोल्पा जिल्ला समन्वय समितिको सभाहलमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य तहका कर्मचारीहरुसँग "अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समसामयिक सवालहरु" बिषयमा जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भयो । उक्त कार्यक्रम आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुखको अध्यक्षता तथा जिल्ला सम्वन्वय समितिका प्रमुख श्री शेर वहादुर वुढाको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा कार्यालय प्रमुख/प्रतिनिधिहरु,स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत तथा अन्य कर्मचारीहरु र पत्रकारहरु समेतगरी ८५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगको गतिविधि र कार्यालयले गरेका काम कारवाही साथै डोल्पा जिल्लामा परेका उजुरीको बारेमा छलफल भएको थियोऽ कार्यक्रम अन्तरक्रियात्मक रहयो । मन्तव्यको क्रममा प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरीले कर्मचारीले काम गर्दा ऐन, नियम र कार्यविधिको पालना गर्नु पर्ने, जनतालाई केन्द्र विन्दुमा राखी काम गर्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख श्री शेर बहादुर बुढाले भ्रष्‍टाचारमा कमी ल्याउन सवैले मिलेर काम गर्नु पर्ने, सार्वजनिक खरिद ऐन लगायत प्रचलित ऐन कानुन बमोजिम असल मनसायले काम गर्नुपर्ने धारणा राख्नु भयो ।  
२) यसैगरी मिति २०७६/०८/०२ गतेका दिन विहान ८.०० वजेदेखी ८.४५ वजेसम्म डोल्पा आयोगका कार्यालय प्रमुख श्री शेषनारायण पौडेलले रेडियो डोल्पामा करिव ४५ मिनेटको रेडियो सम्वाद कार्यक्रममा सहभागी भै भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्वन्धि कुराकानी गर्नु भएको थियो । उक्त कार्यक्रमले डोल्पा जिल्लाका जनताहरुलाई भ्रष्‍टाचार नियन्त्रणमा सुसुचित हुने अवसर प्रदान गरिएको थियो । त्यस दिन विहान ११ वजेदेखी दिउसो ३ बजे सम्म जि.स.स.को सभाहलमा ठुलीभेरी नगरपालिकाका र अन्य गाँउपालिकाका जनप्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरुसंग "भ्रष्‍टाचार नियन्त्रण तथा समसामयिक सवालहरु" बिषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भयो । यस आयोगको कार्यालय सुर्खेतका प्रमुख श्री शेषनारायण पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शेर वहादुर वुढाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख, नगरपालिका तथा गाउपालिकाका प्रमुख/ उपप्रमुख तथा अन्य निर्वाचित जनप्रतिनिधिहरु सहित ५६ जनाको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा डठुलीभेरी नगरपालिकाका नगर प्रमुख शाहीले आफुले पनि भ्रष्‍टाचार नगर्ने र अरुलाई पनि भ्रष्‍टाचार गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्ला समन्वय समितिका प्रमुख श्री शेर वहादुर वुढाले विकास निर्माणको काम गर्दा सार्वजिनक खरीद ऐन र नियमावलीले गरेको व्यवस्था अनुसार गर्नुपर्छ । सवैले आ-आफ्नो स्थानबाट भ्रष्‍टाचार नियन्त्रणकालगि भुमिका खेल्नु पर्ने धारणा राख्नु भयो ।  
सोही दिन दिउसो ४ बजे देखि बेलुका ७ बजेसम्म त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधिहरु उपभोक्ता समितिका पदाधिकारीहरु, वि.व्य.स.का पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरुसंग भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्वन्धी अन्तरर्क्रिया कार्यक्रम सम्पन्‍न गरियो । उक्त कार्यक्रममा आयोगको कार्यालय प्रमुखको अध्यक्षता तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख श्री ओम बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको थियो । कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाका उप-प्रमुख, जनप्रतिनिधिहरु पत्रकार समेत गरी ५९ जनाको सहभागिता रहेको थियो । सहभागिहरुले जिज्ञासा राख्‍ने क्रममा कालीका मन्दिर 'Zero' पोइन्ट देखी i लालीसम्म बाटो नखनी बजेट खर्च भएको, रगन गाडको पुलको टेण्डर आव्हान भए पनि हालसम्म काम नबनेको, काममा जिम्मेवरी नलिने गरेको, पुर्वाग्रही रुपमा दिएको उजुरीमा बास्तविक रुपमा छानबिन हुनु पर्ने, डोल्पामा कामको ठेक्का एउटा ठेकेदारले लिने र काम अर्को ठेकेदारलाई गर्न लगाउने जस्ता कामहरु भैरहेका छन् । यसको निश्पक्ष रुपमा छानविन होस् भन्‍ने माग राख्नु भएको थियो । उक्त कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुखले मन्तव्य राख्दै भ्रष्‍टाचार नियन्त्रण गर्नु पर्ने कुरा सवै जनप्रतिनिधिहरुले सिक्नु पर्दछ । जनप्रतिनिधिहरुले देशको उन्‍नती प्रगति गर्ने सम्बन्धमा सबै पक्षको सहकार्य हुनु पर्छ भन्दै आयोगले यस नगरपालिकामा आई अन्तरक्रिया कार्यक्रम गरिदिएकोमा समग्र आयोगलाई धन्यवाद दिनु भयो ।
सवै कार्यक्रमको अन्तमा आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख सह-सचिव श्री शेषनारायण पौडेलले अन्तर्क्रियामा उठेका जिज्ञासा एवं प्रश्‍नको संवोधन गर्नुहुदै भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न स्थापित विधि, ऐन नियम र कानुनको परिधिमा रही कार्य गर्नु पर्ने, भ्रष्‍टाचार नियन्त्रणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने, जनप्रतिनिधिहरुले बिकास निर्माणका कामको प्रभावकारी रुपमा अनुगमन गर्नुको साथै भ्रष्‍टाचार नियन्त्रणको लागि सक्रिय भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिदै कार्यक्रममा उपस्थित हुनु हुने सवैलाई धन्यवाद दिनु भएको थियो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16