नवलपरासी र रुपन्देहीमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम) र रुपन्देही जिल्लामा क्रमश: मिति २०७६।०६।१२ र मिति २०७६।०६।१३ गते भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन विषयक १(एक) दिने अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।आयोगका माननीय आयुक्त डा. माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूको प्रमुख आतिथ्यता तथा आयोगको कार्यालय, बुटवलका प्रमुख श्री तारानाथ अधिकारीज्यूको अध्यक्षता स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख एवम् अध्यक्षहरु, आयोगका सहसचिव शेरजंग कार्की र प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, आर्थिक प्रशासन शाखाका प्रमुखहरु र प्राविधिक शाखा प्रमुखहरु, जिल्लामा क्रियाशील सामाजिक अभियन्ता एवम् संचारकर्मी लगायत अन्य सरोकारवालाहरु समेत गरी नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम) र रुपन्देहीमा क्रमश: १२८ (एक सय अठ्ठाइस) र २१० (दुई सय दश)  जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगका सहसचिव शेरजंग कार्कीज्यूबाट प्रमुख अतिथी, अतिथी लगायत उपस्थित सम्पुर्णलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पार्दै आयोगको ऐतिहांसिक पृष्‍ठभूमी, संवैधानिक व्यवस्था, आयोगको सांगठनिक एवं कानूनी संरचना, संस्थागत रणनीति, कार्यहरु, छानविन तथा अनुसन्धान प्रक्रिया, उजुरी दर्ता र फर्छौटको प्रवृत्ति र चुनौतिहरु सहितको कार्यपत्र प्रस्तुत गर्नुभयो भने आयोगको कार्यालय बुटवलका उपसचिव रमेश ढकालले अर्को कार्यपत्र मार्फत नेपालमा सुशासनको अवस्था, भ्रष्टाचारजन्य कसूरहरु र सजाय, आयोगको कार्यालय बुटवलका गतिविधिहरु, सुशासन प्रवर्द्धनका लागि चाल्नुपर्ने कदम र कार्यालय प्रमुखहरुको भूमिका र आयोगको अपेक्षा लगायतका विषय सहभागीहरु समक्ष राख्‍नुभयो। कार्यपत्र प्रस्तुती पश्‍चात कार्यक्रममा अतिथिहरु प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित स्थानीय पदाधिकारीहरुका तर्फबाट एक जनाले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले सहभागीबाट उठेका जिज्ञाशाहरुको संवोधन गर्दै भ्रष्‍टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुंदा सवैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न प्रतिवद्ध हुनपर्ने, प्रचलित ऐन, कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरा राख्‍नुभयो। अन्तमा कार्यक्रमका अध्यक्ष  तथा आयोगको कार्यालय, बुटवलका प्रमुख श्री तारानाथ अधिकारीज्यूले भ्रष्‍टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16