अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अघिल्लो आ.व.को समीक्षासहितको वार्षिक छलफल कार्यक्रम

मिति २०७६।०५।१८
.................................
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७६।०५।१८ गते आर्थिक वर्ष २०७५/७६ को समीक्षा सहितको छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माननीय प्रमुख आयुक्तज्यू, माननीय आयुक्तज्यूहरु, श्रीमान सचिवज्यू सहितको उपस्थितिमा महाशाखा प्रमुखहरु, आयोगका मातहत कार्यालयका प्रमुखहरु लगायत आयोगको अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । 
आयोगमा हरेक आर्थिक वर्ष समाप्त भए पश्चात सञ्चालन हुँदै आइरहेको समीक्षा तथा छलफल कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यूले सहभागीहरु सबैलाई धन्यबाद दिँदै  प्रणाली स्थापना गर्न पनि आयोगले कार्यसम्पादन स्तर बढाउनु पर्ने, उजुरीको फछ्यौट बढाउनु पर्ने र खासगरी विस्तृत अनुसन्धानको फाइलहरुको समयमा अनुसन्धान पूरा गर्न निर्देशन दिँदै सम्पूर्ण कर्मचारीहरुलाई Role Model को रुपमा काम गर्न सुझाउनु भयो । कार्यक्रममा माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले अनुसन्धानको सिलसिलामा बेनामी उजुरीको गोप्यता कायम गर्नुपर्ने बताउँनु हुँदै पुराना उजुरीहरुलाई समयमा टुङ्याउनु पर्ने कुरामा जोड दिनुभयो । माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले एक आपसमा अनुभवको आदान प्रदानले आयोगको प्रभावकारीतामा सकरात्मक भुमिका खेल्ने बताउँदै यस्ता प्रवर्द्धनात्मक कार्यक्रमलाई थप तिव्रता दिँदै र निवेदक र सूचनादाताको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। प्रवक्ता तथा सहसचिव श्री प्रदिप कुमार कोइरालाको स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रममा आयोगका सचिव श्रीमान महेश्‍वर न्यौपानेले अनुसन्धान कार्य तथ्य र प्रमाणमा आधारित बनाउनुपर्ने कुरालाई जोड दिँदै, कार्यालयहरुमा देखिएका समस्याहरुलाई समाधान गर्दै लैजाने कुरा बताउँदै अधिकार प्राप्ति सँगै जिम्मेवारी निर्वाहामा पनि जोड दिनुपर्ने बताउनु भयो । 
अघिल्लो वर्षहरुमाझै यसपटक पनि आयोगका आठवटै कार्यालयका  प्रमुखहरुले कार्यपत्र प्रस्तुत गर्नु हुँदै आ-आफ्ना कार्यालयमा उजुरीको प्रकृति, चाप, फछ्यौटको अवस्था, कार्य प्रगतिको अवस्था, कार्यालयको समस्याहरु तथा जनताको आयोग प्रतिको अपेक्षा बताउनु हुँदै आगामी दिनका लागि केहि रचनात्मक सुझावका उपायहरु पनि बताउनुभयो । कार्यक्रममा आयोगका विभिन्न महाशाखा प्रमुखहरुले पनि धारणा राख्नुभएको थियो ।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16