अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री सुरेश अधिकारीज्यूको विदाई सम्पन्‍न

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/१०/२९ गतेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्वाचन आयोगमा सरुवा भई जान लाग्नुभएका सचिव श्री सुरेश अधिकारीज्यूको विदाई कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेमकुमार राई, माननीय आयुक्तहरु डा. सावित्री थापा गुरुङ, किशोर कुमार सिलवाल र जय बहादुर चन्द समेतको समुपस्थितिमा सम्पन्न भयो ।

सो कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त प्रेमकुमार राईज्यूले देशको विषम परिस्थितिमा समेत आयोगको प्रशासनिक तथा व्यवस्थापिकीय नेतृत्व, समन्वय तथा व्यवस्थापन कार्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा बधाई तथा आगामी कार्यकालमा राज्यमा सुशासन कायम गर्नको लागि प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास समेत व्यक्त गर्दै आगामी दिनमा सहयोगको अपेक्षा सहित निर्वाचन आयोगमा कार्यकाल सफल रहोस भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

विदाई कार्यक्रममा आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङले विदाई एक दुखद संयोग भएको कुरा उल्लेख गर्दै सचिवज्यूमा रहेको असल समन्वयकर्ता, सरलता ,अध्ययनशीलता तथा कुशल व्यवस्थापन गर्ने क्षमताले निर्वाचन आयोगमा समेत कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

विदाई समारोहमा निर्वाचन आयोगमा सरुवा भई जान लाग्नुभएका सचिव श्री सुरेश अधिकारीज्यूले यस आयोगमा १ वर्ष ११ दिन सचिवको भूमिकामा कार्यरत रही प्रशासकीय तथा व्यवस्थापकीय नेतृत्व लिई देशमा भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा काम गर्न पाएकोमा खुसी लागेको र आफ्नै कार्यकालमा आयोगमा नयाँ नियुक्त भई आउनुभएका पदाधिकारीहरुलाई स्वागत गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा आयोगकै ईतिहासमा सबैभन्दा बढी ४४१ वटा आरोपपत्र विशेष अदालतमा दर्ता गरेको स्मरण गर्दै आयोगले आगामी दिनमा अझ बढी क्रियाशील भई छवी उच्च राख्ने अपेक्षा समेत व्यक्त गर्नुभयो। आयोगले आगामी दिनमा अभिलेख व्यवस्थापन, व्यवस्थापन सूचना प्रणाली र जिन्सी व्यवस्थापनमा थप सुधार गर्नुपर्ने कुरा उल्लेख गर्दै सरुवा भई जान लागेको निर्वाचन आयोगमा सो आयोगको खर्चलाई कसरी मितव्ययी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो ।आयोगमा रहँदा आयोगका कर्मचारीहरुबाट पूर्ण सहयोग प्राप्त गरेको र आगामी नेतृत्वलाई समेत सोही प्रकारको सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

विदाई समारोहमा सचिव श्री सुरेश अधिकारीज्यूलाई आयोगका माननीय प्रमुख आयुक्त, माननीय आयुक्तज्यूहरु, आयोगका  महाशाखा प्रमुख एवं अन्य कर्मचारीहरुले पुष्पगुच्छा र शुभशब्दसहित विदाई गर्नुभयो । उक्त विदाई कार्यक्रममा आयोगमा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।         


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16