आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको विदाई कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट अवकास लिनुभएको हुँदा माघ २१ गते नै आयोगका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थितिमा एक समारोहका वीच बिदाई कार्यक्रम सम्पन्न गरियो ।
बिदाई समारोहमा निवृत्त भई जाँदै गर्नुभएका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूलाई नवनियुक्त माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यू, मा. आयुक्त डा. सावित्री थापा गुरुङज्यू तथा नवनियुक्त मा.आयुक्त श्री किशोरकुमार सिलवालज्यू र मा.आयुक्त श्री जय बहादुर चन्दज्यूले पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा माननीय आयुक्त डा.गणेशराज जोशीज्यूलाई आयोगका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट आयोगका श्रीमान् सचिव सुरेश अधिकारीज्यू र महाशाखा प्रमुखज्यूहरुले पुष्पगुच्छा र शुभशब्दसहित बिदाई गर्नुभयो ।
सो अवसरमा आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले आयुक्त डा. गणेश राज जोशीज्यूले यस आयोगमा गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा समेत आयोगको कामको लागि आवश्यक सहयोगको अपेक्षा गर्नुभयो। अवकाश पछिको जीवन पारिवारिक एवम् प्राज्ञिक रुपमा सफल र सुखमय रहोस भनी कामना गर्दै माननीय प्रमुख आयुक्तज्यूले आयोगलेकायम गरेको छविलाई थप उचाईमा पुर्‍याउने कुरा समेत व्यक्त गर्नुभयो ।
बिदाई लिएर जान लाग्नुभएका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले आफूले आयोगको सचिवको रुपमा समेत कार्य गरेको हुँदा आयुक्त तथा कार्यबाहक प्रमुख आयुक्तको रुपमा करिब छ वर्ष सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै सेवा निवृत्त भएपश्चात आफ्नो व्यावसायीक जीवनमा सुशासनको आयाम समेत थप भएको कुरा उल्लेख गर्नुभयो ।'अवकास थकान हो तर मेरा लागि नयाँ अध्याय शुरु भएको छ, थकान होईन' भन्दै उहाँले आफूले छोड्दैमा संस्थागत निरन्तरता (Institutional Continuity) नटुट्ने बताउनुभयो।आयोगमा कार्यरत कर्मचारीहरुलाई आफू कार्यरत रहँदाको जस्तो सहयोग नवआगन्तुक team लाई समेत आफ्नो मन, वचन र कर्मले गर्नको लागि आग्रह गर्दै सामूहिक कार्यले मात्र यस सँस्थाको साँख र गरिमा उँचो बनाउने धारणा व्यक्त गर्नुभयो । आफ्नो जीवनको बाँकी समय सुशासन र भ्रष्टाचार नियन्त्रणको एक अंश भईरहने, आयोग बाहिर रहेर पनि आयोगको नयाँ नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोगले नयाँ नेतृत्वको रुपमा प्रशासन, न्याय तथा अपराध अनुसन्धानको क्षेत्रमा विज्ञता हासिल गरेको सक्षम नेतृत्व प्राप्त गरेकोले आयोगले अझ चुस्त गतिमा भ्रष्टाचार नियन्त्रणको लागि कार्य गर्ने विश्वास  समेत व्यक्त गर्नुभयो।
सो अवसरमा उहाँले आफूलाई विश्वास गरी जिम्मेवारी दिने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, संवैधानिक परिषदका पदाधिकारीहरु लगायत सम्पूर्ण सरोकारवाला पदाधिकारीहरू प्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्नुभयो। साथै सो अवसरमा आफ्नो कार्यकालमा सहयोग गर्ने आयोगका सचिव, महाशाखा प्रमुखहरु तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16