स्थानीय तहका कर्मचारीहरूका लागि सार्वजनिक खरिद सम्बन्धी आधारभूत तालिम सम्पन्‍न

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यलय सुर्खेत, सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौ र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थानीय सुशासन केन्द्र कर्णाली प्रदेशको साझेदारी एवम् सहकार्यमा स्थानीय तहका कर्मचारीहरूका लागि सार्वजनिक खरिद सम्वन्धी ३ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीज्यूको प्रमुख आतिथ्यता (Virtual)मा मिति २०७७ पौष २३ गतेका दिन सुर्खेतको शुभ होटलमा तालिमको शुभारम्भ भएको हो। उक्त कार्यक्रममा आयोगका माननीय कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीज्यूले कार्यक्रम सफलताको कामना सहित शुभकामना मन्तव्य राख्नुभएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका  कार्यालय प्रमुख श्री नारायण प्रसाद रिसालको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका श्रीमान् प्रमुख सचिव चन्द्रमान श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका श्रीमान् सचिव श्री सूर्य प्रसाद गौतम साथै सुर्खेतका प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो। उद्घाटन समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यलय सुर्खेतका प्रहरी नायव उपरीक्षक श्री सरोज पौडेलले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।

प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव श्री आनन्द सारूले उपभोक्ता समिति वा लाभग्राही समूहबाट हुने खरिद र यसको व्यवस्थापन, सेवा करार, गैर-सरकारी संस्थासगँ काम गराउने तरिका सम्वन्धमा, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख नारायण प्रसाद रिसालले भ्रष्टाचार निवारण र सुशासन, सार्वजनिक खरिदका जोखिम क्षेत्रहरू र सार्वजनिक खरिद सम्वन्धमा परेका उजुरीहरू सम्वन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक श्री सुवासचन्द्र सिवाकोटीले सार्वजनिक खरिदको परिभाषा, सिद्धान्त, तरिका, सार्वजनिक खरिदको लागि लागत अनुमान तयारी र स्वीकृती, परामर्श सेवा खरिदसम्वन्धी व्यवस्थाहरू, खरिद सूचीको तयारी, प्रस्ताव माग गर्ने, प्राविधिक प्रस्तावको मूल्यांकन स्वीकृति, भेरिएसन आदेश, मूल्य समायोजन, खरिद कार्यका केही राम्रा अभ्यास, सेवा खरिदसम्बन्धी व्यवस्था, खरिद सूचीको तयारी सम्बन्धमा, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सि.डि.ई. धर्मेन्द्र झाबाट बोलपत्रबाट खरिद-निर्माण कार्यको खरिद प्रक्रियासम्वन्धी, सार्वजनिक खरिद अनुगमन कार्यालयका उपसचिव श्री शेखर पौडेलले सार्वजनिक खरिदको लागि लागत अनुमान तयारी र स्वीकृती, बिशेष परिस्थितीमा खरिद, खरिद कार्यमा संलग्न  पदाधिकारी र बोलपत्रदाताको आचरण, विद्युतीय खरिद प्रर्णालीको अवलम्वन, सार्वजनिक खरिद अनुगमन कार्यालयको भूमिकासम्वन्धी तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका उप-सचिव श्री रमेश गौतमले करार व्यवस्थापन, खरिद विधि अनुसार खरिदको व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो।

३ दिवसीय आधारभूत प्रशिक्षण कार्यक्रममा सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहका ४५ जना र दैलेख जिल्लाको गुराँस गाउँपालिकाका ५ जना गरी जम्मा ५० जना कर्मचारीको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको समापन समारोहमा सहभागीहरूको तर्फबाट भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री जगत बस्नेतज्यूले तालिममा सिकेका कुराहरूलाई आ- आफ्नो क्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

समापन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव श्री आनन्द शारू, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक श्री सुवासचन्द्र सिवाकोटीले आ-आफ्ना  भनाई राख्नुभएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री नारायण प्रसाद रिसालले तालिममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरी उपस्थित महानुभाव, तालिममा सहभागीहरू तथा तालिम कार्यक्रमको आयोजना गर्नमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रमको संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका उप- सचिव रमेश गौतमले गर्नु भएको थियो। 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16