नवआगन्तुक कर्मचारीहरुलाई अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीको समुपस्थितिमा मिति २०७७।६।२० गते आयोग र मातहतका कार्यालयहरुमा सरुवा भई आएका नवआगन्तुक कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालित अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्‍न भएको छ । मिति २०७७।६।१४ देखि ऐ. २० गतेसम्म ६ दिन संचालित उक्त कार्यक्रममा आयोगको कार्य प्रकृति, आयोगका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता तथा अनुशासन, भ्रष्‍टाचारजन्य कसुरको अनुसन्धान, तहकिकात तथा अभियोजन सम्बन्धी विषयवस्तु र यसका कानूनी एवं प्राविधिक पक्षहरु समावेश गरिएको थियो । कोभिड-१९ को महामारीको कारण असहज परीस्थितिका वावजुद स्वास्थ्य सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्ड एवं नियमको पालना गरी तालिम कार्यक्रममा नवआगन्तुक १७ जना  कर्मचारीहरुलाई समावेश गराइएको थियो ।

तालिम समापन कार्यक्रमको महत्वपूर्ण क्षणमा बोल्नुहुँदै आयोगका मा. कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नवआगन्तुक कर्मचारीहरुलाई आयोगमा स्वागत गर्दै प्रशिक्षित कर्मचारीहरुलाई आयोगको कार्यविधि तथा आचार संहितालाई आन्तरिकीकरण गरी दवाव र प्रभावमा नपरी समयमा नै अनुसन्धान कार्य सम्पन्‍न गर्न निर्देशन दिनुभयो । आयोगका मा. आयुक्त डा. सावित्री थापा गुरुङले जीवनका हरेक क्षण सिकाईको क्रममा रहेको र यस प्रकारका सिकाइयुक्त तालिमले आयोगका अनुसन्धान अधिकृतहरुको कार्यक्षमतामा वृद्धि भई आयोगको लक्ष्य प्राप्त हुनेमा विश्‍वास व्यक्त गर्नुभयो ।  सोहि अवसरमा तालिम कार्यक्रमको शुभारम्भमा समेत उपस्थित हुनभएका आयोगका सचिव श्रीमान् सुरेश अधिकारीले सहभागीहरुबाट प्राप्त भएका पृष्‍ठपोषणलाई आगामी तालिमको संरचना निर्धारण गर्दा  समावेश गर्ने बताउनु हुँदै आगामी दिनहरुमा सार्वजनिक खरिद, जग्गा प्रशासन, विकास निर्माणमा गुणस्तर जस्ता विषयहरुमा अनुसन्धान अधिकृतहरुलाई विशिष्‍टिकृत तालिम सञ्‍चालन गर्ने योजना रहेको र स्रोतसाधनहरु उपलब्ध गराउने विषयमा आयोगले कहिल्यै पनि कञ्जुस्याँई नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले कर्मचारीहरुलाई आफ्नो खुबीको उच्चतम प्रयोग गर्दै मर्यादित ढङ्गले समयसीमा भित्र त्रुटिरहीत रुपमा कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

आयोगका प्रवक्ता सहसचिव तारानाथ अधिकारीले तालिमको संक्षिप्त विवरण तथा सहभागीहरुका तर्फबाट तालिमबारे प्राप्त पृष्‍ठपोषणको बारेमा जानकारी गराउँदै शुरु भएको तालिम समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट उपसचिव शिवराम भट्टराईले अभिमुखीकरण तालिमबाट आफूहरु अनुसन्धान, तहकिकात र अभियोजनका धेरै जस्तो विषयवस्तुहरुमा सुसूचित हुन पाएको र यसबाट प्राप्‍त ज्ञानको उच्चतम् प्रयोग गर्दै कार्यसम्पादनमा सकरात्मक परिणाम ल्याउन अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै तालिम आयोजना गरी सहभागी गराएकोमा सहभागीहरुको तर्फबाट आभार समेत व्यक्त गर्नुभएको थियो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16