सप्तरी र धनकुटामा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको आयोजनामा सप्तरी र धनकुटा जिल्लामा क्रमश: मिति २०७६।११।१३ र मिति २०७६।११।१५ गते भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन विषयक १(एक) दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्‍न भएको छ । प्रत्येक जिल्लाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा सञ्‍चालित उक्त कार्यक्रमको अध्यक्षता आयोगको कार्यालय, इटहरीका प्रमुख चक्र प्रसाद बुढाले गर्नुभएको थियो भने धनकुटा जिल्लाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति, धनकुटाका प्रमखु टंक बहादुर चौहानको समेत उपस्थिति रहेको थियो । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षीत गरी सञ्‍चालित उक्त कार्यक्रममा जिल्ला स्थित नगरपालिकाका नगर प्रमुख/उपप्रमुखहरु, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरु, तत् तत् जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरु, प्राविधिक कर्मचारीहरु, स्थानीय सञ्‍चारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, सञ्‍चारकर्मीहरु समेत गरि सप्तरी र धनकुटा जिल्लामा क्रमश: १५६ र १२२ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

दुवै जिल्लाको कार्यक्रमको सुरुवातमा आयोगको कार्यालय, इटहरीका शाखा अधिकृत गिरीराज भट्टराईले आयोगको संक्षिप्त परिचय, आयोगको काम कारवाही, उजुरी तथा फर्छौटको अवस्था लगायतको विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुवै जिल्लाको कार्यक्रममा कार्यपत्र प्रस्तुती पश्‍चात सहभागीहरुलाई छलफल तथा जिज्ञासाको लागि समय व्यवस्थापन गरिएकोमा सहभागीहरुले सक्रियताकासाथ भ्रष्‍टाचार नियन्त्रण तथा अख्तियारको कामकारवाही समेतको बारेमा आ-आफ्नो धारणा र जिज्ञासा राख्दै आयोगलाई सुझाव समेत दिएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी तथा तत् तत् जिल्लास्थित नगरपालिका तथा गाउँपालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीले मन्तव्य व्यक्त गर्नुहुँदै भ्रष्‍टाचार विरुद्धको अभियानमा सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका उठेका विभिन्‍न जिज्ञासाहरुलाई आयोगको कार्यालय, इटहरीका प्रमुख चक्र बहादुर बुढाले सम्बोधन गर्नुहँदै भ्रष्‍टाचारजन्य कार्यको कारण राष्‍ट्रको छवि विग्रने तथा विदेशी लगानी समेत नभित्रने हुँदा देशको विकासको लागि सुशासन सूचकांकमा सुधार हुन आवश्यक रहेको बताउनु हुँदै त्यसका लागि भ्रष्‍टाचार नियन्त्रण अपरिहार्य सर्त रहेको कुरा उल्लेख गर्नुभयो । साथै उहाँले भ्रष्‍टाचार अन्त्यको लागि सहभागी सवै पक्षबाट भएको प्रतिवद्धता प्रति आभार व्यक्त गर्नु हुँदै भ्रष्‍टाचार नियन्त्रणको लागि आयोगले अघि सारेको उपचारात्मक, निरोधात्मक, प्रवर्धनात्मक र संस्थागत क्षमता विकास समेत गरी ४ वटा रणनीतिहरुको कार्यान्वयनमा आयोग गम्भिरतापूर्वक लागिरहेको जानकारी गराउनुभयो ।

 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16