सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको चौतारा र काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा क्रमश: मिति २०७६।१०।०५ र मिति २०७६।१०।०७ गते "भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तर्क्रिया कार्यक्रम" सम्पन्‍न भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका श्रीमान् सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा उक्त कार्यक्रमहरुमा तत् तत् जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु, उपप्रमुखहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख/अध्यक्षहरु, उपप्रमुख/उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित विभिन्‍न कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत शिक्षा शाखा, प्राविधिक शाखा, लेखा शाखाका प्रमुखहरु, विभिन्‍न क्याम्पसका व्यवस्थापन समितिका अध्यक्षहरु, क्याम्पस प्रमुखहरु, लेखा प्रमुख तथा विभिन्‍न विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु एवम् प्रधानाध्यापकहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, नेपाल बार एशोसिएसन, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षहरु, भ्रष्‍टाचार विरुद्ब क्रियाशील सामाजिक अभियन्ताहरु तथा सम्बन्धित जिल्लाका पत्रकार महासंघका अध्यक्ष लगायतका संचारकर्मीहरु समेत गरी सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाहरुमा क्रमश: १०४ जना र १४० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

दुवै जिल्लामा सञ्चालित उक्त कार्यक्रमहरुमा आयोगका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइराला र हेटौंडाका कार्यालय प्रमुख (सहसचिव) शिव कुमार कार्कीले "भ्रष्‍टाचार नियन्त्रण र सुशासन" सम्बन्धी विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । दुवै कार्यपत्रले सुशासनको पक्षमा एवम् भ्रष्‍टाचारको विरुद्धमा सवै सरोकारवालाहरुको सक्रिय तथा इमान्दार प्रतिवद्धता नै देशमा सुशासन स्थापनाको लागि आवश्यक रहेको कुरामा जोड दिएको थियो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

दुबै जिल्लामा संचालित उक्त कार्यक्रमहरुको महत्वपूर्ण क्षणमा मन्तव्य राख्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका आयोगका श्रीमान् सचिव महेश्‍वर न्यौपानेज्यूले अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सहभागी तथा वक्ताहरुले उठाउनुभएका प्रश्‍न , जिज्ञासा तथा दिएका सुझावहरु सम्बन्धमा सम्बोधन गर्नु भएको थियो। उहाँले सार्वजनिक पदाधिकारीहरुमा भ्रष्‍टाचारजन्य कार्य गर्नु हुँदैन भन्दा पनि अख्तियारबाट बचेर काम गर्नुपर्छ भन्‍ने प्रवृत्ति विद्यमान रहनु दुखद भएको धारणा राख्नुभएको थियो। उहाँले आयोगको कार्यक्षेत्रभित्रका अनियमितता र भ्रष्‍टाचारजन्य गतिविधिमा संलग्‍न जहाँसुकै तथा जुनसुकै ओहोदामा रहेका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई आयोगले कानूनी कारवाहीको दायरामा ल्याउने गरेको धारणा व्यक्त गर्दै विद्यमान विसंगतिहरुको अन्त्य गर्ने, सुधारका प्रयासहरुलाई आन्तरिकीकरण गर्ने तथा सबै निकायले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई सक्षम र सदाचारयुक्त संस्थाको निर्माण गर्दै सुशासन कायम गर्न सबै सरोकारवालाका प्रयासहरु केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो ।   

 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16