आयोगका २१ जना कर्मचारीहरु थाइल्याण्डको बैङ्कक स्थित भ्रष्टाचार सम्बन्धी तालिममा सहभागी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना कर्मचारीहरु मिति २०७६ पुस २७ देखि माघ ७ गते (तदनुसार २०१९ जनावरी १२ देखि २१) सम्म थाइल्याण्ड स्थित AIT द्वारा सञ्चालित "Effective Corruption Eradication Strategy” नामक तालिम कार्यक्रममा सहभागी भएका थिए। आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख सहसचिव चक्र बहादुर बुढाको नेतृत्वमा उपनेता प्रहरी नायब महानिरिक्षक कमल बहादुर जिटी सहित अन्य अधिकृत स्तरका कर्मचारीहरुले AIT को आयोजनामा १० दिनसम्म तालिम लिएका थिए। आयोगको संस्थागत क्षमता विकास रणनीति अन्तरगत सञ्‍चालित उक्त तालिमबाट प्रशिक्षार्थीहरुले थाइल्याण्डमा भ्रष्टाचार विरुद्धको प्रचलित संवैधानिक तथा कानुनी व्यवस्था, संरचनागत संयन्त्रहरु, अनुसन्धान तथा अभियोजन सम्बन्धी कार्यविधिहरु, अनुसन्धान कार्य तथा अन्य सार्वजनिक सेवा प्रवाहमा प्रयोग भएका विभिन्‍न नविनतम प्रविधिहरु लगायतका विषयमा महत्वपूर्ण जानकारी प्राप्त गर्नुका साथै नेपाल र थाइल्याण्डमा भ्रष्‍टाचार नियन्त्रणका लागी भएका सकरात्मक अभ्यासहरु बारे अनुभव आदान प्रदान गरेका थिए । उक्त तालिम अवधिमा प्रशिक्षार्थीहरुले सैद्धान्तिक ज्ञानको अलवा थाइल्याण्डमा भ्रष्‍टाचार विरुद्ध तथा न्यायको पक्षमा क्रियाशिल विभिन्‍न सरकारी निकायहरुमा गई ती निकायहरुको संवैधानिक, कानुनी, व्यवस्थापकीय तथा कार्यसम्पादनको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी लिएका थिए।

थाइल्याण्डको राजधानी बैंककमा सञ्‍चालित उक्त तालिमको कार्यक्रमको समापन समाहरोमा आयोगको तर्फबाट माननीय आयुक्त गणेश राज जोशी र सह सचिव काशीराज दाहल सहभागी हुनुभएको थियो । तालिमको समापन समारोहलाई नेपालको तर्फबाट माननीय आयुक्त डा. गणेश राज जोशीज्यूले सम्बोधन गर्नुभएको थियो । साथै उहाँले प्रशिक्षार्थी कर्मचारीहरुलाई प्रमाण पत्र पनि वितरण गर्नुभएको थियो ।

तालिम सम्बन्धी विवरण र सिकेको विषयहरुका सम्बन्धमा प्रस्तुति गर्न आयोगको सभाहलमा मिति २०७६।१०।०९ गते एक कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण २१ जना कर्मचारीको तर्फबाट टोलिको नेतृत्वकर्ता सह सचिव चक्र बहादुर बुढाले प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिकरण कार्यक्रममा माननीय प्रमुख आयुक्त नवीन कुमार घिमिरेज्यू, माननीय आयुक्तद्वय डा. गणेशराज जोशिज्यू र डा. सावित्री थापा गुरुङज्यू, श्रीमान् सचिव महेश्‍वर न्यौपानेज्यू, महाशाखा प्रमुखज्यूहरु तथा तालिममा सहभागी भई फर्केका कर्मचारी तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रस्तुकरणमा विषेशगरी प्रशिक्षार्थीहरुको दैनिक गतिविधि, थाइल्याण्डमा भ्रष्‍टाचार विरुद्ध क्रियाशिल विभिन्‍न सरोकारवाला निकायका गतिविधिहरु, नेपालले थाइल्याण्डको भ्रष्‍टाचार विरुद्धको प्रयासबाट सिक्नसक्ने विषयहरु तथा नेपालले गर्नसक्ने सुधारका विषय तथा सुझावहरु समेटिएको थियो ।

प्रतिवेदन प्रस्तुतीकरण पश्‍चात प्रशिक्षार्थी तथा अन्य सहभागीहरुलाई निर्देशन दिँदै माननीय प्रमुख आयुक्त नवीन कुमार घिमिरेले तालिममा कर्मचारीहरुको सिकाई र तालिमको प्रभावकारीता बारे आगामी दिनमा कार्मचारीहरुको कार्यसम्पादन स्तरबाट प्रदर्शित हुने बताउनुभयो । साथै उहाँले आगामी दिनमा तालिममा मनोनयन गर्दा कार्यसम्पादनको आधारमा गरिने बताउनुभयो । सोही अवसरमा उहाँले कर्मचारीहरुलाई अनुसन्धानमा रहेका फाइलहरुलाई छिटो निश्कर्षमा पुर्‍याउन निर्देशन दिनुभयो । प्रस्तुतिकरण पश्‍चात प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै आयोगका श्रीमान सचिव महेश्‍वर न्यौपानेले संस्थागत क्षमता विकास अन्तरगत कर्मचारीहरुको क्षमता विकास एक प्रमुख पक्ष रहेको बताउँदै तालिमका क्रममा सिकेका अनुसन्धान सम्बन्धी आधारभूत सिद्धान्तलाई आगामी दिनमा अनुसन्धान कार्यमा प्रयोग गर्न सुझाव दिनुभयो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16