आयोगका २१ जना कर्मचारी भारतको गुजरातमा फरेन्सिक साइन्स सम्बन्धी तालिममा सहभागी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता धर्मअवतार कोइरालाको नेतृत्वमा २१ जना कर्मचारी मिति २०७६ पुस २० देखि पुस २६ गते (तदनुसार २०१९ जनवरी ५ देखि ११) सम्म भारतको गुजरातस्थित गुजरात फरेन्सिक साइन्स युनिभर्सिटीमा "Prevention of Fraud Bribery and Corruption" मुख्य शिर्षक रहेको तालिममा सहभागी भएका छन्। भारत सरकारको आर्थिक तथा प्रविधिक सहयोग अन्तरगत सञ्चालित उक्त तालिम कार्यक्रममा प्रशिक्षार्थीहरुले भारत सरकार र गुजरात सरकारको उच्च तहका सरकारी अधिकारीहरु, गुजरात फरेन्सिक साइन्स युनिभर्सिटीका प्राध्यापकहरु तथा अन्य फरेन्सिक साइन्सका विज्ञहरुबाट ६ दिनसम्म तालिम लिएका थिए। तालिमले मुख्यत: कसरी न्याय प्रणाली तथा अदालती प्रक्रियामा विज्ञानको प्रयोग बढाई न्याय प्रणालीको विश्वसनीयतालाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ भन्‍ने कुरामा जोड दिइएको थियो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले भारत सरकारले अनुसन्धान कार्यमा के-कसरी फरेन्सिक साइन्सको प्रयोग गरी सफलता प्राप्त गरिरहेको छ भन्‍ने बारेमा महत्वपूर्ण जानकारी हासिल गरी अनुभव आदन प्रदान गरेका थिए ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16