अर्घाखाँची, गुल्मी र रूकुम (पूर्वी) मा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

मिति २०७७/०९/२४ गते अर्घाखाँची र गुल्मी साथै २०७७/०९/२६ गते रुकुम (पूर्वी) जिल्लामा "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम" सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङको प्रमुख आतिथ्यतामा अर्घाखाँची, गुल्मी र रूकुम (पूर्वी) जिल्लामा भएका "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम" सम्पन्न भएको हो। उक्त अवसरमा माननीय आयुक्त गुरुङले आर्थिक ऐन/नियम, सार्वजनिक खरिद ऐन, नियमावली, निजामती सेवा ऐन, नियमावली, सुशासन संचालन तथा व्यवस्थापन ऐन जस्ता ऐन, नियमहरुको पालना गरी काम गर्न सवैलाई निर्देशन दिंदै भ्रष्टाचार नियन्त्रणमा स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको महत्वपूर्ण भूमिका रहेको हुंदा सवैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गर्ने, राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुले अनुभुत गर्ने गरी सुशासन कायम गर्न प्रतिवद्ध हुनुपर्ने निर्देशन सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा  माननीय आयुक्त डा. सावित्री थापा गुरुङले सहभागीबाट उठेका जिज्ञाशाहरुको संवोधन गर्दै अनुचित कार्यको अनुसन्धान गर्ने अधिकार आयोगमा नरहेको, झुट्ठा आरोप लगाउनेलाई पनि सजायको व्यवस्था रहेको, आयोगबाट स्क्रिनिङ्ग गरेर उजुरी हेर्ने प्रवृत्तिले पनि झुट्ठा आरोप जस्ता उजुरीहरु आयोगले स्क्रिनिङ्गबाटै तामेली गर्ने गरेको, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (UNCAC)मा नेपालले हस्ताक्षर गरेकोले निजी क्षेत्र समेत आयोगको क्षेत्राधिकारमा हुनु पर्नेमा सो सम्बन्धी कानून नबनेको हुंदा निजी क्षेत्रलाई हेर्न नसकिएको बताउनुभयो ।

उक्त कार्यक्रममा अर्घाखाँची, गुल्मी र रुकुम (पूर्वी) जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आयोगले यस्तो प्रकारको छलफल तथा अन्तरक्रिया कार्यक्रम आफ्नो जिल्लामा संचालन गरेकोमा आयोगलाई धन्यवाद दिंदै जिल्लामा आयोगको प्रतिनिधीका रुपमा रही कार्यहरु गर्ने गरेको, सार्वजनिक सेवालाई चुस्त, दुरुस्त, प्रभावकारी बनाउने, जिल्ला प्रशासन र कार्यालय प्रमुखवीच पटकपटक बैठक, छलफल र अन्तरक्रिया गरेर आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुधार, विकास निर्माणका काममा सहकार्य गर्ने, कसैले गुनासो नगर्ने गरी काम गरेको र सवै कार्यालयमा नागरिक बडापत्र, सूचना अधिकारीको व्यवस्था, नागरिक समाजको सहकार्यमा विभिन्न कार्यहरुको अनुगमन/नियमन गर्ने गरेको वताउंदै आयोगको कार्यहरु  पुरा गर्ने ऐक्यवद्धता जनाउँदै आउँदा दिनमा थप सक्रिय हुने भनि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका कार्यालय प्रमुख सह-सचिव श्री रमेश ढकालज्यूले सहभागीहरुबाट उठेका जिज्ञाशाहरुको संवोधन गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा सहित भ्रष्टाचार नियन्त्रण आयोगको एकल प्रयासले नभई सवै आ-आफ्नो स्थानबाट लाग्नुपर्ने र आयोगमा उजुरी पर्‍यो भन्दैमा विकास निर्माण लगायतका कामहरु बीचमै छाडी काम टार्ने प्रवृति देखिएकोले आयोगबाट भएको निर्देशन बाहेकका कुनैपनि कार्यहरु बीचमा नरोक्न अनुरोध सहित मन्तव्य राख्नु भएको थियो ।

छलफल तथा अन्तर्क्रिया कार्यक्रममा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार समेत गरी अर्घाखाँचीमा ५३, गुल्मीमा ८२ जना र रुकुम (पूर्वी) मा ४७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा आयोगको  कार्यालय बुटवलको तर्फबाट उपसिचव लोकहरी कंडेलले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णा महानुभावहरुलाई स्वागत गर्दै भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारजन्य कसूरहरु र सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार, आयोगको कार्यालय बुटवलका गतिविधिहरु, उजुरीहरुको प्रकृति, उजुरी फर्छ्यौटमा देखिएका समस्या तथा चुनौतिहरु, सुशासन प्रवर्द्धनका लागि चाल्नुपर्ने कदम र कार्यालय प्रमुखहरुको भूमिका, आयोगको अपेक्षा र आयोगको आगामी कार्यदिशा लगायतका बिषयका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16