प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।२५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरू भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन बुटवलका डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दास समेतका प्रतिवादीहरु उपर आ.ब. २०७४।०७५ मा नवलपरासी जिल्लाको सरावाल गाउँपालिका पेटवनिया डिप ट्युवेल-२ मा OH tank and Pump house, MS Fittings, Washout box, Surgeriser,Outlets UPVs pipe निर्माण कार्यमा फिल्डमा नभएको/ निर्माण नै नभएको संरचनालाई निमार्ण भएको भनी मूल्यांकन गरी/गराई बढी भुक्तानी लिने दिने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.३,०५,८१०।२० कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद जरिवाना गरी बिगोसमेत सोही ऐनको दफा ८(१) बमोजिम असुलउपर हुन साथै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९(२) वमोजिमको कसूरमा सोही ऐनको दफा १९(२) बमोजिम कैद तथा जरिवानाको सजायसमेत हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।२३ को फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८१।१२।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी संजय कुमार ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/29
प्रतिवादी प्रलब कायस्थसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी शम्भु कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी वीरेन्द्र मल्लसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/22