प्रतिवादी संजय कुमार ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०३।१५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर समेतका प्रतिवादीहरू उपर Construction of Emergency Building of Narayani Hospital, Birganj को ठेक्का प्रकृयामा सार्वजनिक खरिद ऐन, नियमावली विपरीतका कार्यहरु गरी गराई अनियमितता गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १७ ले निर्देशन गरेबमोजिम बिगो रू.१,८४,३८,४५८।७० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा सोही ऐनको (संशोधन सहित) दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम बिगोबमोजिम कैद र जरिवाना गरी हिनामिना, हानीनोक्सानी एवं दुरुपयोग गरेको बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन र प्रतिवादी संजय कुमार ठाकुरलाई दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०९।१४ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०३।१५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet