जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादे उपर बिगो रु.१५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२६ गते।
------------------------------------------
 
जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष नृपेश बादेलाई सेवाग्राहीबाट रु.१५,००,०००।- (पन्ध्र लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।१०।०३ गते नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.१५,००,०००।- (पन्ध्र लाख रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१५,००,०००।- (पन्ध्र लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11