जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।१६ गते।
------------------------------------------
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर पदमा कार्यरत दिपा कार्की समेतले Structural Analysis को काम स्वीकृत गरेवापत बार्गेनिङ गर्दै पटक-पटक दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर दिपा कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू.६४,०००/- (चौसठ्ठी हजार रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखको पद तथा ओहदाको दुरूपयोग गरी बदनियत राखी अन्य प्रतिवादीहरू आस्मा कार्की र आशिष पौडेल समेतको मिलेमतो, योजना तथा मतसल्लाहमा घर निर्माणको Structural Analysis स्वीकृत/सिफारिस, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी ईजाजत, घर निर्माण सम्पन्न लगायतको घर निर्माणको क्रममा कागेश्वरी मनोहरा नगरपालिकाबाट हुने सम्पूर्ण कार्यमा सहजीकरण गर्न गराउन आफू समेतका प्रतिवादीहरूको लागि रू.२,०८,०००/– घुस (रिसवत) लिए लिन लगाएको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.२,०८,०००/- (दुई लाख आठ हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet