उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहासमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१० गते।
------------------------------------------
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसमेतले Variable Frequency Drive (VFD) खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको लागि Variable Frequency Drive (VFD) खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको, सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये 160 KW VFD Panel (Part-A) उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त 160 KW को रु.२२,७८,३०५।६० (बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपैयाँ साठी पैसा) बराबरको रकम भुक्तानी दिई दिन लगाई उदयपुर सिमेन्ट उद्योगलाई गैरकानूनी हानि पुर्‍याएको पुष्टि भएको हुँदा निजहरु सुरेन्द्र कुमार पौडेल, नवल किशोर साहा, पवन कुमार लाल कर्ण, भरत प्रसाद नेपाल, डेमलाल खनाल, कमलराज पौडेल, ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसुरमा बिगो रु.२२,७८,३०५।६० (बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपैयाँ साठी पैसा) कायम गरी निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर हुन साथै, उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज सुरेन्द्र कुमार पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21
जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मकबुल मिया अंसारीसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/20
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/18
जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14