भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झासमेत २ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।२७ गते ।
----------------------------------------------------

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले आ.व. २०७८/०७९ मा सहकारीको आयमूलक तालिम संचालन नगरी एवं प्रक्रिया नपुर्‍याई पेश्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेश्की रकम फर्छ्यौट गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामबाट आर्थिक वर्ष २०७८/०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम संचालन गर्नको लागि पेश्की लिई कार्यक्रम संचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरी पेश्की रकम फर्छ्यौट तथा बाँकी खर्च रकम सोधभर्नाको लागि झुठा बिल, भरपाई तयार गरी गराई एवं अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको देखिंदा निज ओम नारायण झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र (ञ) बमोजिमको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.७,०१,३८०।– (सात लाख एक हजार तीन सय असी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो समेत असुलउपर हुन मागदावी लिइएको छ।

साथै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीले आफू र प्रतिवादी ओम नारायण झालाई गैरकानुनी लाभ पुर्‍याउने र नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्‍याउने कार्यमा झुठा बिल, भरपाई तयार गरी गराई एवं अस्वाभाविकरुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिन सहयोग गरी मतियारको कार्य गरेको देखिंदा निज अरहुला कुमारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र (ञ) बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.३,६८,८८०।–(तीन लाख अठ्सठी हजार आठ सय असी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) वमोजिम मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय गरी बिगो समेत असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24