कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चन्द्र भुषण झा, वडा अध्यक्ष, सव-इन्जिनियरसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।१० गते ।
----------------------------------------------------
जिल्ला हुम्ला, अदानचुली गाउँपालिका वडा नं. २ मा कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा संचालन गर्दा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चन्द्र भुषण झा र तत्कालीन सव-इन्जिनियर भिम बहादुर रोकायले आ.व.२०७६।०७७ मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोहीबमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई रु.४,३८,५५७।८२ बराबरको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरु उपर रु.४,३८,५५७।८२ (चार लाख अड्तीस हजार पाँच सय सन्ताउन्न रुपैयाँ बयासी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निज प्रतिवादीहरुले कार्यस्थलमा नगरेको कामलाई गरेको भनी गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्तासम्बन्धी बिल तयार गरी फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लालाई रु.४,३८,५५७।८२ बढी भुक्तानी दिएको देखिएकोले निजहरुउपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको मागदाबी लिइएको छ।

जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष दल बहादुर बुढाले फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले कृषि विकास कार्यालयमार्फत प्राप्त अनुदानबाट नर्सरी तथा टनेल निर्माण गर्दा निर्माण गरिएका संरचनाहरु इस्टिमेट अनुसार नगरिएको देखिएतापनि अदानचुली गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष दल बहादुर बुढाले प्राविधिक इस्टिमेट अनुसार कार्य सम्पन्न भैसकेको हुँदा उक्त योजनाको भुक्तानी गरिदिनहुन भनी जिल्ला कृषि विकास कार्यालय, हुम्लालाई गलत सिफारिस गरी रु.४,३८,५५७।८२ बराबरको गैरकानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले काम गरेको देखिएको हुँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदाबी लिइएको छ।

यसैगरी फलफुल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा (कार्की) भण्डारीले फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले टनेल तथा नर्सरी स्थापना गर्दा कृषि विकास कार्यालय, हुम्लासँग गरिएको सम्झौता अनुसार टनेल तथा नर्सरीको पूर्ण काम सम्पन्न गरी नर्सरी संचालनमा ल्याउनुपर्नेमा माटो काट्ने र ट्रस्टका कार्यहरुमात्र गरी कार्य पूरा भएको गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा बिल तयार गर्न लगाई उक्त कागजातहरुमा हस्ताक्षर गरी फिल्डमा हुँदै नभएको कामको समेत भुक्तानी लिई रु.४,३८,५५७।८२ बराबरको हानिनोक्सानी पुर्‍याएको हुँदा निजउपर रु.४,३८,५५७।८२ (चार लाख अड्तीस हजार पाँच सय सन्ताउन्न रुपैया बयासी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24