यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाही, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावल उपर सरकारी कागजात सच्याएको एवं परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०८ गते ।
----------------------------------------------------

यातायात व्यवस्था कार्यालय, धनगढी, कैलालीका कार्यालय प्रमुखले आ.व. २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग A, B, C/C1, K, र J1  का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको र त्यस क्रममा निजले प्रविष्ट(अपलोड) गरेका उक्त १८० जना परीक्षार्थीहरु मध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्तांकलाई रि-राइट, ओभर-राइटसमेत गरी सच्याएको, वर्ग A, B, E, G र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि-राइट, ओभर-राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत (एप्रुभ) गर्ने कामसमेत निज प्रतिवादी लक्ष्मण शाही कै आधिकारिक युजर आइडीबाट भएको पुष्टि हुन आएको हुँदा निज लक्ष्मण शाहीले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तरपुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा/प्राप्तांक सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिइएको छ।

साथै, यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया  र कम्प्युटर अप्रेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी  प्रयोग गरी वर्ग A, B, र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको एवं वर्ग A, B, C/C1, E, F, G र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण/अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहीले नतिजा प्रविष्ट गरेकोमा परीक्षामा उपस्थित नै नभएका २५ जना र अनुत्तीर्ण भएका १३९ जना गरी जम्मा १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई प्रतिवादी नरेन्द्रकुमार कठरियाले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत (एप्रुभ) गरेको, प्रतिवादी पवनकुमार रावलले वर्ग A का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको तथा प्रतिवादी लक्ष्मण शाहीले उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गरेका २८३ जनामध्ये वर्ग A, B, C/C1, E, G, J1/J2 र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएको प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ६ जना र परीक्षामा अनुत्तीर्ण भएका ६२ जना गरी जम्मा ६८ जना परीक्षार्थीहरुको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहीले प्रविष्ट गरेको नतिजालाई प्रतिवादी पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत (एप्रुभ) गरी निज नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22