जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र कलैया उपमहानगरपालिका वडा नं. २५ का गौरीशंकर कुमार कुशवाहा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।२९ गते ।
----------------------------------------------------

जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र कलैया महानगरपालिका वडा नं. २५ का गौरीशंकर कुमार कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले जग्गा रजिष्ट्रेशन गरिदिनको लागि रु.१५,०००।– घुस/रिसवत माग गरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाई उक्त घुस/रिसवत निज गौरीशंकर कुमार कुशवाहले लिएको हुँदा प्रतिवादी रामविश्वास साहले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले निज रामविश्वास साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन र प्रतिवादी गौरीशंकर कुमार कुशवाहले घुस/रिसवत वापतको रु.१५,०००।- सेवाग्राहीबाट लिई आफूसाथ राखेको र निजको साथबाट नै बरामद भएको देखिएकोबाट निज गौरीशंकर कुमार कुशवाहले मुख्य कसुरदार रामविश्वास साहले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)  बमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गौरीशंकर कुमार कुशवाहलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ वमोजिमको कसुरमा विगो रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा 3 को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) वमोजिम मुख्य कसुरदार रामविश्वास साहलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ वमोजिम आधा सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24