छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही, तत्कालीन नगर उप-प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।२३ गते ।
----------------------------------------------------

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत र असिष्टेण्ट सब-इन्जिनियर हस्त बहादुर मल्लले आ.व.२०७४।०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी बाटो निर्माण कार्यको भुक्तानीसमेत दिई रु.२२,३६,४८२।– हानी पुर्‍याएको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय खण्ड (ग) र (ङ) को कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.२२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन साथै निजहरुले भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, उपभोक्ताको बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उप-दफा (२) बमोजिमको कसुर भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदावी लिइएको छ।


छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही, तत्कालीन नगर उप-प्रमुख सुन्तला रोकाया र वडा नं. ७ सदस्य पशुपती शाहीले आ.व.२०७४/०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माणको भुक्तानीको क्रममा उपभोक्ता समितिबाट वास्तविक रुपमा नभए नगरेको कामलाई लागत स्टिमेट अनुसार कार्यसम्पन्न भएको भनी बदनियतपूर्वक भुक्तानीको लागि सिफारिस गरेको, अनुगमन समितिको प्रतिवेदन नै नभएको अवस्थामा बदनियतपूर्वक भुक्तानीको कारवाही अगाडि बढाउन आदेश गरेको कार्यबाट वास्तविकरुपमा नभए नगरेको बढी मूल्याङ्‍कन भएको रु.२२,३६,४८२।–  भुक्तानी गरी गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजहरु हरिजङ्ग शाही, सुन्तला रोकाया र पशुपती शाहीलाई बिगो रु.२२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ।


साथै, बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाउन लगाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता समितिको बिल तयार गर्न लगाई उक्त कागजातहरु गैरकानूनी लाभ लिने बदनियतले छायाँनाथ रारा नगरपालिका, मुगुमा पेश गरी भुक्तानीसमेत लिई रु.२२,३६,४८२।– हानिनोक्सानी पुर्‍याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर भएको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. २२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी सजाय हुन एवं उक्त बिगो समेत जफत हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको।

प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22