जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।१२ गते ।
----------------------------------------------------

जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायलाई सेवाग्राहीबाट रु. ५०,०००।- (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। 

अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र सोही वडाका वडा सचिव माधव कुमार रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहिछाप गर्नको लागि सेवाग्राहीसँग रु.५०,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरु अर्जुन कुमार चौधरी र माधव कुमार रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.५०,०००।– (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24
जिल्ला कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसमेत १२ जना उपर गैरकानुनी लाभ वा हानी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/23
जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र छल निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/22
सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/21
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो रू.२,०३,९४,६१५/२४ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/18