सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०६।०५ गते।
------------------------------------------
 
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्लास्थित बिद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन बिभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा सेवाग्राहीसँग रु.८५,०००।– (पचासी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट र  आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठले आ-आफ्नो ओहदा सम्बन्धी जिम्मेवारीमा रहँदा भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यको बिल भुक्तानीका सम्बन्धमा विभिन्न विषयमा प्राविधिक समस्याहरू देखाई अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडी नबढाई बिल भुक्तानीको लागि विभिन्न बहाना गरी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत रु.१,३५,०००।– (एक लाख पैतीस हजार रुपैयाँ) माग गरी निजहरूको पूर्व योजना बमोजिम एक आपसमा उक्त घुस/रिसवत बाढीचुढी लिने खाने सहमति बमोजिम घुस/रिसवत रकम मध्ये रु.५०,०००।– प्रतिवादी रविन श्रेष्ठको बैङ्कको QR मार्फत दाखिला गर्न लगाएको र बाँकी रकम रु.८५,०००।- प्रतिवादी सुमन राईले नगद नै बुझी लिई जम्मा घुस/रिसवत रु.१,३५,०००।- (एक लाख पैँतीस हजार रुपैयाँ) लिए लिन लगाएको प्रतिवादीहरू रविन श्रेष्ठ, सुमन राई र इन्द्र बहादुर कार्कीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई बिगो रु.१,३५,०००।–(एक लाख पैँतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/21
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो रू.२,०३,९४,६१५/२४ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/18
रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्य उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/17
सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/16
कालिका माध्यमिक विद्यालय, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/15
डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/14