Online
Complaint

बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८०।०२।१० गते ।
----------------------------------------------------

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहताले घर जग्गा नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग रु.२०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज अजय कुमार मेहताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो रू.२०,०००।–(अक्षेरुपी बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/30
जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर वास्तविक रुपमा भएको कार्य भन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/28
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/26
बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/24
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/11
भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर, लेखापाल, कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ५ जना र भोलेबाबा कन्स्ट्रक्सन उपर गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/10