जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।०३ गते ।
----------------------------------------------------
 
जिल्ला बारा जिल्ला, सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/0७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको तथा भ्रष्टाचारजन्य कार्य गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति - २०७५, मधेश प्रदेशको प्रतिवेदन उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिकाबाट आ.ब.२०७७।०७८ मा दुईवटा योजनामा विनियोजित बजेटलाई आफूखुसी परिवर्तन गरी सञ्चालित सिम्रौनगढ नगरपालिका - ९, बारास्थित “बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्य”मा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमानबमोजिम गर्नुपर्ने सबै कामहरु नगरी नभएको काम भए गरेको हो भनी नापी किताब र बिलसमेत तयार पारी कार्य सम्पन्न प्रतिवेदन प्रमाणित गरी झुट्टा बिल भरपाईसमेतका आधारमा रु.१०,०८,९६५।४० बढी भुक्तानी लिने/दिने कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर निम्नानुसारको कसुरमा निम्नानुसार सजायको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15