मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईसमेत ४ जना उपर गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।१९ गते ।
----------------------------------------------------

जिल्ला पर्सा अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्रीसमेत गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निज पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही दफा ९ बमोजिम कैद र जरिवाना साथै  जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. २ बस्ने ज्याउल हक र एसानुल हक राकीले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात वेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी/सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएको तर घरमात्र राजीनामा लिखत पारित गर्ने कुनै कानूनी व्यवस्था नरहेकोमा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाईदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निजहरु ज्याउल हक र एसानुल हक राकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिम गलत लिखत तयार गर्ने कसुरको मतियारको रुपमा कार्य गरेकोसमेतका आधारमा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम कसुर गर्ने व्यक्तिसरह नै सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।     

प्रवक्ता
    भोला दाहाल

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24