भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्ण उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।०७ गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।१८ गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.९,०००।- घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले निज रामकृष्ण पंडितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन र भूसेवा केन्द्र संचालन गर्दै आएका उक्त केन्द्रका संचालक शुभाष चन्द्र लाल कर्णले घुस/रिसवतवापतको रु.९,०००।– नायब सुब्बा रामकृष्ण पंडितबाट लिई राखेको र निजको साथबाट बरामद भएको देखिएकोवाट निज शुभाष चन्द्र लाल कर्णले मुख्य कसुरदार रामकृष्ण पंडितले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज शुभाष चन्द्र लाल कर्णलाई विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) वमोजिम हुने कैद सजायलाई आधार मानी सोही ऐनको दफा २२ वमोजिम आधा सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24