Online
Complaint

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्ण उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।०७ गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।१८ गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.९,०००।- घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले निज रामकृष्ण पंडितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन र भूसेवा केन्द्र संचालन गर्दै आएका उक्त केन्द्रका संचालक शुभाष चन्द्र लाल कर्णले घुस/रिसवतवापतको रु.९,०००।– नायब सुब्बा रामकृष्ण पंडितबाट लिई राखेको र निजको साथबाट बरामद भएको देखिएकोवाट निज शुभाष चन्द्र लाल कर्णले मुख्य कसुरदार रामकृष्ण पंडितले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज शुभाष चन्द्र लाल कर्णलाई विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) वमोजिम हुने कैद सजायलाई आधार मानी सोही ऐनको दफा २२ वमोजिम आधा सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2023/10/01
जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/10/01
जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/10/01
जिल्ला बारा, बारागढी गा.पा. बस्ने नबि अख्तर मियाँ धोबी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने कल्याणी सुवेदी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला कैलाली, घोडाघोडी नगरपालिका वडा नं. २, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाह उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/27