सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।०३ गते ।
----------------------------------------------------

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु. २०,०००।- (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।२१ गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग सडक निर्माण गर्ने क्रममा माटो ओसारपसार गर्दा सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरी रु.२०,०००।– लिएको पुष्टि हुन आएको हुँदा निज नगेन्द्र सेनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.२०,०००।–(बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय हुनसमेत मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
भोला दाहाल

 

 

Download Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06