साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उप-सचिव) वासुदेव तिमल्सिनासमेत ३ जना उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।१९ गते ।
----------------------------------------------------
 
जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप-जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख वेगर साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै निज वासुदेव तिमल्सिनाले पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन/अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाई श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा पदस्थापना गरी वदनियतपूर्वक सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी लिइएको छ।क्रमश..
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
    प्रवक्ता
    भोला दाहाल

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24