जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिकाका तत्कालिन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, ,वडाध्यक्ष,कार्यपालिकाका सदस्य समेत समेत ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१२ गते ।
----------------------------------------------------
जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिकाका तत्कालिन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, ,वडाध्यक्ष,कार्यपालिकाका सदस्य समेत ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।--------------------------------------------------------------------------------

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई रु. रु.७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) रकम भुक्तानी लिने दिने कार्य गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिँदा  छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा र सव-ओभरसियर (करार) गड बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा रु.७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)  बमोजिम कैद र विगो बमोजिमको जरिवाना गरी विगो असुल उपर गर्न मागदाबी लिइएको छ।

यसै गरी छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप-प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नं. वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरु हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी रकम भुक्तानी लिने दिने कार्य गरी रु.७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को  उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी लिइएको छ।

साथै, छायाँनाथ रारा नगरपालिका, वडा नं. ११ का तत्कालीन वडा अध्यक्ष दान बहादुर बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी रु.७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३)  बमोजिम कैद र विगो बमोजिम जरिवाना गर्न मागदावी लिइएको छ।

यसैगरी उपभोक्ता समितिका अध्यक्ष जीवन बहादुर बुढा, सचिव केश बहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवालले स्वास्थ्य चौकी ग्याविन पर्खाल निर्माण कार्य गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिने दिने कार्य गरी रु. ७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको देखिँदा निजहरुलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को  उपदफा (४) बमोजिमको कसुरमा रु.७,५७,३०७।६२ (सात लाख सन्ताउन्न हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को  उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत गर्न मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा २९ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24