भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर, प्रा.लि.का संचालकसमेत ५ जना र महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।०२ गते ।
----------------------------------------------------

जिल्ला नवलपरासी, सरावल गाउँपालिकास्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन, बुटवलबाट पेटबनिया सिंचाई योजनाको लागि आ.व. २०७४।०७५ मा निकासा भएको डिपट्युवेलको काम ठेक्कामार्फत गर्दा काम पूरा नभई भुक्तानी भएको साथै त्यसलाई ढाकछोप गर्न पुन: सोही योजनाको मर्मत गर्ने भनी बजेट थपी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासले निर्माणधीन आयोजनाको निरन्तर अनुगमन सुपरीवेक्षण, निर्माण सम्पन्न भएको कामको मात्र स्थलगत नापजाँच गरी प्रचलित सार्वजनिक खरिद ऐन, नियम, ठेक्का सम्झौताका शर्त अनुसार पछिसम्म फरक नपर्ने गरी भएको कामको मात्र भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो विपरीत कार्यालयको आ.व. २०७४।०७५ को ठेक्का नं. IWRMP-AP/W/GW-Nawalparasi/074/75/Petbaniya DTW/97/5 को Construction of Pumphouse, OHT Distribution System (DTW-2) मा निर्माण नै नभएका आउटलेट संरचनाहरुको मूल्याङ्‍कन गरी अन्तिम बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु.३,०५,८१०।२० बढी भुक्तानीको लागि सिफारिस गरी हुँदै नभएको कामलाई कार्य भएको भनी निर्माण व्यवसायीलाई बढी भुक्तानी गरेको हुँदा निजहरुको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूर भएकोले निजहरु डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासलाई विगो रु.३,०५,८१०।२० (तीन लाख पाँच हजार आठ सय दश रुपैयाँ पैसा बीस) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय गरी उक्त विगोसमेत निजहरुबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम नै असुल उपर हुन एवं योजनाको फिल्डमा भएको कार्यको एकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरी कार्य नै नभएको अवस्थामा सो कार्यसमेत सम्पन्न भएको भनी गलत प्रतिवेदन तयार गरी सोही प्रतिवेदनका आधारमा बढी रकम भुक्तानीसमेत गरेको हुँदा निजहरु इच्छा कुमार श्रेष्ठ र सन्तोष कुमार दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय हुन मागदावी लिइएको छ।

साथै, साविक महेश निर्माण सेवा बर्दघाट -४ नवलपरासीका प्रोप्राइटर तथा हाल महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि.का संचालक ध्रुव प्रसाद उपाध्याय, महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक मनोज कुमार खनाल, महेश निर्माण सेवाका आधिकारिक प्रतिनिधि (Power of attorney) प्रकाश भट्टराई र महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि. बर्दघाट- ४ बर्दघाट नवलपरासीले भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलको आ.व. २०७४।०७५ को ठेक्का नं. IWRMP-AP/W/GW-Nawalparasi /074/75/ Petbaniya DTW/97/5 को Construction of Pumphouse, OHT distribution System (DTW-2) मा निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिई सम्पन्न गर्नुपर्ने आउटलेटसमेतका संरचनाहरु निर्माण नै नगरी झुट्टा नापी किताव, विल भरपाई र कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानीका लागि पेश गरी रु.३,०५,८१०।२० बढी भुक्तानी लिई आफूले गैरकानूनी लाभ लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेकोले निजहरु संचालक ध्रुव प्रसाद उपाध्याय, प्रबन्ध निर्देशक मनोज कुमार खनाल, प्रतिनिधि प्रकाश भट्टराई र महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि. बर्दघाट- ४ बर्दघाट नवलपरासीलाई उल्लिखित कसुरमा रु.३,०५,८१०।२० (तीन लाख पाँच हजार आठ सय दश रुपैयाँ पैसा बीस) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय गरी उक्त विगो निजहरुबाट सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुन समेत मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

     प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22