भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर र थापा कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।०२ गते ।
----------------------------------------------------

नवलपरासी जिल्लास्थित पेटवनिया सिंचाई योजनाको लागि आ.व. २०७४।०७५ मा बजेट निकासा भएको डिप ट्युववेलको कार्यमा निर्माण व्यवसायीमार्फत कार्य गर्दा काम पूरा नभई भुक्तानी दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासले निर्माणधीन आयोजनाको निरन्तर अनुगमन सुपरिवेक्षण गरी कार्य सम्पन्न भएपछि सोको एकिन गरी नियमानुसार नापजाँच गरी कार्य भएको परिमाणको मात्र भुक्तानी गर्नुपर्नेमा निर्माण व्यवसायी श्री थापा कन्स्ट्रक्सनसँग भएको ठे.नं. IWRMP-AP/W/GW-Nawalparasi/074/75/Petbaniya DTW/97/6 को Construction of Pumphouse, OHT distribution System (DTW-3) ठेक्कामा जडान नै नभएका अल्फा भल्भसमेतको मूल्यांकन गरी कार्य सम्पन्न भएको प्रतिवेदन तयार गरी निर्माण व्यवसायीलाई नभएको कार्यका लागि रु.१,२०,०००।– बढी भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरु डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासलाई रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय एवं सोही ऐनको दफा ८ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना तथा विगो असुल उपर हुन साथै, योजनाको फिल्डमा भएको कार्यको एकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरी जडान नै नभएका अल्फा भल्भ जडान भएको भनी गलत प्रतिवेदन तयार गरेको उक्त प्रतिवेदनलाई प्रमाणित गरी सोही प्रतिवेदनका आधारमा रकम भुक्तानी भएकोले निजहरु इच्छा कुमार श्रेष्ठ र सन्तोष कुमार दासलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा समेत सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

साविक भूमिगत जल सिंचाई विकास डिभिजन, बुटवलको आ.व. ०७४/७५ को ठे.नं. IWRMP-AP/W/GW-Nawalparasi/074/75/Petbaniya DTW/97/6 को Construction of Pumphouse, OHT distribution System (DTW-3) ठेक्का निर्माण सम्पन्न गर्ने जिम्मेवारी भएको निर्माण कम्पनी थापा कन्स्ट्रक्सनका प्रोप्राइटर अर्जुन कुमार क्षेत्रीले जडान सम्पन्न गर्नुपर्ने अल्फा भल्भ जडान नै नगरी झुट्टा बिल भरपाई पेश गरी रु.१,२०,०००।- बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिमको कसुर गरेकोले निज अर्जुन कुमार क्षेत्रीलाई उल्लिखित कसुरमा रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय गरी उक्त विगो निजबाट सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुनसमेत मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24