श्री लोकप्रिय माध्यमिक विद्यालय गम्था मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२७ गते ।
----------------------------------------------------

श्री लोकप्रिय माध्यमिक विद्यालय, गम्था, मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वाचनालयसहितको पुस्तकालय निर्माणको लागि विद्यालय कोषको रकम लिई उक्त वाचनालयसहितको पुस्तकालय निर्माण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लोकप्रिय माध्यमिक विद्यालय गम्था मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलले विद्यालयबाट वाचनालयसहितको पुस्तकालय निर्माणको लागि रु.२,१५,०००।- बुझी लिई कुनै आधिकारिक दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल नामको गैरसरकारी संस्थासँग अनलाईन सम्झौता गरेको भनी उक्त संस्थाका अध्यक्षसँग चिनजान नै नभएकोमा सम्झौताबापतको पैसा सदानन्द भट्टराईको नाममा पठाई निज सदानन्द भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि हुन आएकोले निज सुनिता रावलले कुनै काम नगरी बदनियतका साथ विद्यालय कोषको रकम हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निजलाई उल्लिखित रकम रु.२,१५,०००।–(दुई लाख पन्ध्र हजार रुपैयाँ) बिगो कायम गरी ऐ, ऐनको दफा १७ मा उल्लेख भए अनुसार ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी निजबाट उक्त हिनामिना भएको रकमसमेत ऐ.ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ।

साथै प्रतिवादी सदानन्द भट्टराईले उक्त बिद्यालयका लागि पुस्तकालय निर्माण गरिदिने भनी झुट्टा (दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल) संस्थाको लेटरप्याड तयार गरेर निजले विद्यालयमा वाचनालयसहितको पुस्तकालय निर्माण गर्ने भनी सम्झौता गरी रु.२,१०,०००।- बुझिलिएको र सो सम्झौताको शर्त पालना नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.२,१०,०००।–(दुई लाख दश हजार) कायम गरी ऐ, ऐनको दफा ८(४) बमोजिमको कैद तथा बिगोबमोजिम जरिवाना गरी निजबाट उक्त हिनामिना भएको रकमसमेत सोही ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24