जिल्ला सल्यान, कालिमाटी सव-डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्स समेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२४ गते ।
----------------------------------------------------
 
 
जिल्ला सल्यान, कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी -३, सल्यानमा कार्यरत फरेष्टरसमेतले तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी सव-डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकीले जिल्ला सल्यान, कालिमाटी गाउँपालिका वडा नं.-३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर-पुरन्धारा-वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार, काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले रु.१,८७,८७७।–बराबरको हानिनोक्सानी भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गरेको देखिएकोले सोहि दफा अनुसार रु.१,८७,८७७।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिम सजाय हुन एवं जय पृथ्वीराज वुढाथोकीले नियमानुसार छपान भई कटान भएका रुखहरुमध्ये १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले रु.२,६८,५६१।– (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया) बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोहि ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा १७ वमोजिम हिनामिना भएको सम्पति असुलउपर हुनसमेत मागदावी लिइएको छ।क्रमश..
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
            प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24