साविक कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया), सव-इन्जिनियर, सृजनशील कृषि सहकारी संस्थाका अध्यक्षसमेत ६ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२३ गते ।
----------------------------------------------------

जिल्ला कृषि बिकास कार्यालय, हुम्लाबाट दिइएको अनुदान सृजनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आ.व. २०७५/०७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरवार कार्यमा भएको बास्तविक कार्य भन्दा बढी काम भएको भनी झुट्टा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई रु.११,२६,५२८।८९ बढी भुक्तानी लिई/दिई आफूलाई गैरकानूनी लाभ पुर्‍याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएको देखिएकोले उल्लिखित कसुरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई निम्नानुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।क्रमश..

(नोट थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11