साविक कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया), सव-इन्जिनियर, सृजनशील कृषि सहकारी संस्थाका अध्यक्षसमेत ६ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२३ गते ।
----------------------------------------------------

जिल्ला कृषि बिकास कार्यालय, हुम्लाबाट दिइएको अनुदान सृजनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आ.व. २०७५/०७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरवार कार्यमा भएको बास्तविक कार्य भन्दा बढी काम भएको भनी झुट्टा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई रु.११,२६,५२८।८९ बढी भुक्तानी लिई/दिई आफूलाई गैरकानूनी लाभ पुर्‍याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएको देखिएकोले उल्लिखित कसुरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई निम्नानुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।क्रमश..

(नोट थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24