भूमि सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन समयका र हालका समेत कार्यालय प्रमुख कमोद तिवारी, ना.सु., जग्गाधनीसमेत ६ जनाउपर सरकारी कागजात नोक्सान गर्ने र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२० गते ।
----------------------------------------------------

जिल्ला पर्सा साविक वेल्वा गा.वि.स. वडा नं. ८ कि.नं. २७० क्षे.फ. विगा ०-१-५-० जग्गाधनी युवा स्पोर्ट्स क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला पर्सा साविक बेल्वा गा.वि.स. वडा नं. ८ कि.नं. २७० ज.वि. ०-१-५-० युवा स्पोर्टस क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम गर्ने क्रममा फिल्ड प्रतिवेदन, निर्णयको लागि टिप्पणीसमेत पेस गरी निर्णय गरेकोले परिवर्तित लिखतबाट युवा स्पोर्टस क्लबको जग्गा उनाउ व्यक्ति (शेष सफि अहमद) को नाममा पुगी क्लबलाई हानी पुर्‍याएको साथै युवा स्पोर्टस क्लबको नामको जग्गाधनी दर्ता श्रेष्ताको विवरण रहेको मोठ पाना च्यातिएको अवस्थाका कारण मोठ श्रेष्तामा नरहेको देखिँदा व्यक्ति विशेषको नाममा गलत लिखत तयार गरी श्रेस्ता कायम गर्ने र सरकारी कागजात नोक्सान गर्ने भ्रष्टाचारजन्य कसूरमा संलग्न उल्लेखित कर्मचारीहरु र सरोकारवाला व्यक्तिहरुलाई देहायबमोजिमको कसूर तथा सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।क्रमश...

(नोट: थप जानकारीका लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03