भूमि सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन समयका र हालका समेत कार्यालय प्रमुख कमोद तिवारी, ना.सु., जग्गाधनीसमेत ६ जनाउपर सरकारी कागजात नोक्सान गर्ने र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२० गते ।
----------------------------------------------------

जिल्ला पर्सा साविक वेल्वा गा.वि.स. वडा नं. ८ कि.नं. २७० क्षे.फ. विगा ०-१-५-० जग्गाधनी युवा स्पोर्ट्स क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला पर्सा साविक बेल्वा गा.वि.स. वडा नं. ८ कि.नं. २७० ज.वि. ०-१-५-० युवा स्पोर्टस क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम गर्ने क्रममा फिल्ड प्रतिवेदन, निर्णयको लागि टिप्पणीसमेत पेस गरी निर्णय गरेकोले परिवर्तित लिखतबाट युवा स्पोर्टस क्लबको जग्गा उनाउ व्यक्ति (शेष सफि अहमद) को नाममा पुगी क्लबलाई हानी पुर्‍याएको साथै युवा स्पोर्टस क्लबको नामको जग्गाधनी दर्ता श्रेष्ताको विवरण रहेको मोठ पाना च्यातिएको अवस्थाका कारण मोठ श्रेष्तामा नरहेको देखिँदा व्यक्ति विशेषको नाममा गलत लिखत तयार गरी श्रेस्ता कायम गर्ने र सरकारी कागजात नोक्सान गर्ने भ्रष्टाचारजन्य कसूरमा संलग्न उल्लेखित कर्मचारीहरु र सरोकारवाला व्यक्तिहरुलाई देहायबमोजिमको कसूर तथा सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।क्रमश...

(नोट: थप जानकारीका लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24