जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७९।१०।१८ गते ।
----------------------------------------------------

जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल (नि.मा.वि. स्थायी शिक्षक) ले स्नातक (B.Sc.) तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री भिमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरि प्रसाद कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (B.A.) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी श्री भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24