जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष, सब-इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।१८ गते ।
----------------------------------------------------

जिल्ला मुगु, सोरु गाउँपालिका, वडा नं.६, सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा समथर चौर भत्काई कुनै हार्ड रक समेत नभएको अवस्थामा प्राविधिक गलत प्रतिवेदन तयार गर्न लगाई अस्वभाविक लागत अनुमान र प्राविधिक मूल्याङ्कन तयार गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इन्जिनियर मनोज धामी र सब-इन्जिनियर जगत बहादुर मल्लले मुगु जिल्ला सोरु गाउँपालिका, वडा नं.६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्मांण कार्यमा उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरी नापी किताब तयार गरी उपभोक्ता समितिलाई रु.१५,४४,९३०।३६ बढी रकम भुक्तानी गरेको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूर भएकोले निजहरु परशुराम उपाध्याय, मनोज धामी र जगत बहादुर मल्ल उपर बिगो रु.१५,४४,९३०।३६ (पन्ध्र लाख चवालीस हजार नौ सय तीस रुपैयाँ छत्तीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै निजहरुले फिल्डमा नभएको कार्यसमेत भएको भनी गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच एवं नापी किताब र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरसमेत भएको हुँदा निजहरु परशुराम उपाध्याय, मनोज धामी र जगत बहादुर मल्ललाई ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन समेत मागदाबी लिइएको छ।

यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही) ले मुगु जिल्ला, सोरु गाउँपालिका, वडा नं. ६, सोरुकोटस्थित खौलाचौर फिल्ड निर्मांण कार्यमा गाउँपालिकासँग गरेको सम्झौता विपरित फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई भुक्तानी लिने दिने कार्य गरी सोरु गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको देखिँदा निजहरु रतन बहादुर शाही, धर्म बहादुर मल्ल र धनदेवी छत्याल (शाही) लाई बिगो रु.१५,४४,९३०।३६ (पन्ध्र लाख चवालीस हजार नौ सय तीस रुपैयाँ छत्तीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन एवं बिगोसमेत निजहरुबाट ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुन समेत मागदावी लिइएको छ।

साथै सोरु गाउँपालिका वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरी गलत प्रतिवेदन गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूर गरेको देखिँदा निज मन प्रसाद भट्टलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24